English

गुलमोहरले सजिएका सडक (फोटो फिचर)



मनै लोभ्याउनेगरी ढकमक्क फुलेका फूल । कर्णालीको राजधानी वीरेन्द्रनगरका सडक यतिखेर रंगिचङ्गी देखिन्छन् छेउछाउमा फूलेका गुलमोहरका कारण ।

सडकमा सेल्फी खिच्नेहरु पनि बढेका छन् । सडकका दुई किनारामा लामबद्ध रोपिएका यी फूलले वीरेन्द्रनगरका सडकको सोभा नै बढाएको छ ।

कुइनेपानी, घण्टाघर, ईत्राम लगायत विभिन्न ठाउँमा फुलेका गुलमोहरले मोहित बनाएको छ । वसन्त ऋतुमा प्रकृतिले काँचुली फेरेर उमंग ल्याउँछ ।

हरियाली र रंगीचंगी फूलले प्रकृति सिँगारिन्छ । यही मौसममा सडक किनारामा गुलमोहरले वीरेन्द्रनगरलाई थप मनमोहक बनाएको छ । फूलको नजिक गएर फोटो खिच्दा आकाशले नै रातो पछ्यौरी ओढिरहेको भान हुन्छ । प्रकृतिको यति अनुपम दृश्यहरु भने वीरेन्द्रनगरमा सहजै देख्न सकिन्छ । गुलमोहरले कर्णाली प्रदेसको राजधानीको शोभा बढाएको छ ।

गुलमोहरलाई नजिकै गएर नियाल्ने वित्तिकै मनमा नयाँ उल्लास र उर्जा पलाउने वीरेन्द्रनगर ६ का ललित बस्नेत बताउँछन् । गुलमोहर फुलेका बेला निकै आर्कषक देखिने भएकाले यसका विरुवा वीरेन्द्रनगरका अन्य पर्यटकीय स्थलमा पनि लगाइनुपर्ने वीरेन्द्रनगरपालिकाका ३ का रमेश पुलामीको भनाइ छ ।

वीरेन्द्रनगरलाई ग्रिन सिटीका रुपमा विकास गर्ने योजना अनुसार नयाँ सडकमा छेउछाउमा पनि वृक्षरोपण गरिरहेको वीरेन्द्रनगर नगपालिकाले जनाएको छ ।

यो पनि…
आहा ! सडकमा फुलेका फूलहरू (फोटो फिचर)
आहा ! बैजनी काठमाडौँ (फोटो फिचर)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested