English

गुलमोहरले सजिएका सडक (फोटो फिचर)



मनै लोभ्याउनेगरी ढकमक्क फुलेका फूल । कर्णालीको राजधानी वीरेन्द्रनगरका सडक यतिखेर रंगिचङ्गी देखिन्छन् छेउछाउमा फूलेका गुलमोहरका कारण ।

सडकमा सेल्फी खिच्नेहरु पनि बढेका छन् । सडकका दुई किनारामा लामबद्ध रोपिएका यी फूलले वीरेन्द्रनगरका सडकको सोभा नै बढाएको छ ।

कुइनेपानी, घण्टाघर, ईत्राम लगायत विभिन्न ठाउँमा फुलेका गुलमोहरले मोहित बनाएको छ । वसन्त ऋतुमा प्रकृतिले काँचुली फेरेर उमंग ल्याउँछ ।

हरियाली र रंगीचंगी फूलले प्रकृति सिँगारिन्छ । यही मौसममा सडक किनारामा गुलमोहरले वीरेन्द्रनगरलाई थप मनमोहक बनाएको छ । फूलको नजिक गएर फोटो खिच्दा आकाशले नै रातो पछ्यौरी ओढिरहेको भान हुन्छ । प्रकृतिको यति अनुपम दृश्यहरु भने वीरेन्द्रनगरमा सहजै देख्न सकिन्छ । गुलमोहरले कर्णाली प्रदेसको राजधानीको शोभा बढाएको छ ।

गुलमोहरलाई नजिकै गएर नियाल्ने वित्तिकै मनमा नयाँ उल्लास र उर्जा पलाउने वीरेन्द्रनगर ६ का ललित बस्नेत बताउँछन् । गुलमोहर फुलेका बेला निकै आर्कषक देखिने भएकाले यसका विरुवा वीरेन्द्रनगरका अन्य पर्यटकीय स्थलमा पनि लगाइनुपर्ने वीरेन्द्रनगरपालिकाका ३ का रमेश पुलामीको भनाइ छ ।

वीरेन्द्रनगरलाई ग्रिन सिटीका रुपमा विकास गर्ने योजना अनुसार नयाँ सडकमा छेउछाउमा पनि वृक्षरोपण गरिरहेको वीरेन्द्रनगर नगपालिकाले जनाएको छ ।

यो पनि…
आहा ! सडकमा फुलेका फूलहरू (फोटो फिचर)
आहा ! बैजनी काठमाडौँ (फोटो फिचर)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र