English

३६.७३ अंकले घट्यो नेप्से



बुधबार नेप्से परिसूचक ३६.७३ अंकले घटेको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार १३.३७ अंक बढेर बन्द भएको नेप्से, यस दिन ३६.७३ अंक घटेर २३२०.५१ विन्दुमा झरेको छ।

त्यसैगरी, यस दिन सेन्सेटिभ इन्डेक्स ६.६९ अंक घटेको छ भने फ्लोट इन्डेक्स २.३६ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.९२ अंक घटेको छ।

नेप्से घटे पनि यस दिन कारोबार रकम भने अघिल्लो दिनको तुलनामा सामान्य बढेको छ। अघिल्लो कारोबार दिन १ अर्ब ३२ करोड रुपैयाँको शेयर खरिद-बिक्री भएको बजारमा यस दिन २२८ स्टकको ३२ हजार ५०६ पटकको कारोबारमा १ अर्ब ४५ करोड ८७ लाख ३७ हजार रुपैयाँ बराबरको ३५ लाख ७० हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

नेप्से ओरालो लागेपनि यस दिन दुई स्टकको मूल्य भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन जाल्पा लघुवित्त र ग्रीन भेन्चर्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जाल्पा लघुवित्तको सेयरमूल्य यस दिन ५८ रुपैयाँ ६० पैसा बढेर ६४५ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, ग्रिन भेन्चर्सको सेयरमूल्य २९ रुपैयाँ ८० पैसा बढेर ३२८ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

यस दिन नेष्डो समृद्ध लघुवित्तको सेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो लघुवित्तको सेयरमूल्य यस दिन ३०१ रुपैयाँ १० पैसा घटेर २ हजार ७१० रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको छ।

कारोबार रकमका आधारमा यस दिन नेष्डो समृद्ध लघुवित्त नै शीर्ष स्थानमा रहेको छ। सो लघुवित्तको यस दिन ४ हजार ६७५ पटकको कारोबारमा १४ करोड १९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन एनआईसी एशिया बैंकको ५ करोडभन्दा बढीको सेयर किनबेच भएको छ।

बुधबार १३ वटै उपसमूहको परिसूचक ओरालो लागेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.८२ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन अन्य उपसमूहको परिसूचक ३.०५ प्रतिशत घटेको छ भने विकास बैंक, होटल तथा पर्यटन र जलविद्युत उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ।

यो पनि…
शेयर बजारमा इतिहास कायम भएको वर्ष
पेट्रोलियम पदार्थप्रतिको निर्भरता घटाउँदै जानु नै उत्तम विकल्प



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested