English

सेयर बजारमा पुन: हरियाली



साताको तेस्रो दिन मंगलबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । मंगलबार १३.३७ अंकले बढेको बजार २३५७.२४ बिन्दुमा पुगेर रोकियो । यो शून्य दशमलव ५७ प्रतिशतको वृद्धि हो ।

सोमबार कुल २२९ कम्पनीको २७ हजार ८ सय ४१ वटा कारोबार भएको छ । यी कारोबारबाट ३२ लाख १३ हजार १ सय ९५ कित्ता मात्र सेयर किनबेच भएको देखिएको छ ।

यसअघि आइतबार र सोमबार बजारमा ठूलो गिरावट आएको थियो । मंगलबार भने बजार केही सम्हालिएको छ । मंगलबार १ अर्ब ३२ करोड ६८ लाख ६५ हजार९ सय ३२ रुपैयाँको कारोबार भएको छ ।

मंगलबार सबै उपसमूह हरियो देखिए । सबैभन्दा बढी अन्य र होटेल तथा पर्यटन उपसमूहका लगानीकर्ताले कमाए ।

मंगलबार नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था र ग्रीन भेन्चर लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढ्यो । मेगा म्यूचअल फण्ड, शिवश्री हाइड्रो र हिमालय उर्जा विकास कम्पनीको सेयर मूल्य समेत धेरै बढ्नेमा रहेको छ ।

दिव्येश्वरी हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ८.८२ प्रतिशतले घट्यो । मंगलबार नविल बैंकको सबैभन्दा धेरै ६ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

यो पनि…
शेयर बजारमा इतिहास कायम भएको वर्ष
पेट्रोलियम पदार्थप्रतिको निर्भरता घटाउँदै जानु नै उत्तम विकल्प



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested