English

अमेरिकाले प्रतिबन्ध लगाएका पुटिनका छोरीहरू को हुन् ?



युक्रेनमाथि आक्रमणको जवाफस्वरूप अमेरिकाले बुधबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनकी छोरी मारिया भोरोन्तोभा र कातेरिना तिखोनोभामाथि प्रतिबन्ध लगाएको छ । पुटिनकी छोरीबाहेक अमेरिकाले प्रधानमन्त्री मिखाइल मिसुस्तिन, रुसी विदेशमन्त्री सर्गेई लाभरोभकी श्रीमती तथा छोराछोरी र पूर्वराष्ट्रपति तथा पूर्वप्रधानमन्त्री दिमित्री मेदभेदेवलगायत रुसको सुरक्षा परिषद्का सदस्यलाई पनि निशाना बनाएको छ ।

अमेरिकाले रुसी वित्तीय संस्थाहरुमाथि पनि उत्तिकै कडाइ गरेको छ ।

प्रतिबन्धसँगै पुटिनका परिवारका सबै नजिकका सदस्यहरू अमेरिकी वित्तीय प्रणालीबाट अलग हुनेछन् । अमेरिकामा रहेको उनीहरूको सम्पत्ति रोक्का हुनेछ ।

रुसी राष्ट्रपतिका छोरीहरु ३७ वर्षीया मारिया भोरोन्तोभा र ३५ वर्षीया कतरिना तिखोनोभा पूर्वपत्नी ल्युडमिला पुटिनातर्फ जन्मिएका हुन् । त्यसो त पुटिनका छोरीहरूबारे थोरै मात्र जानाकारी सार्वजनिक हुने गरेको छ । उनीहरूको विवरण प्रायः गोप्य राखिन्छ ।

मारियाको जन्म सन् १९८५ मा सेन्ट पिटर्सबर्गमा भएको हो । अर्को वर्ष, कतरिनाको जन्म भएको थियो । कतरिनाको जन्मको समयमा पुटिको परिवार जर्मनीमा थियो । त्यतिबेल पुटिन रूसको गुप्तचर सेवा केजीबीमा विदेशी गुप्तचर अधिकारीकोरूपमा कार्यरत थिए ।

पुटिनको पुटिनासँग सन् २०१३ मा सम्बन्ध विच्छेद भएको थियो ।

मारियाले सेन्ट पिटर्सबर्ग स्टेट युनिभर्सिटीबाट जीवविज्ञानमा स्नातक र २०११ मा मस्को स्टेट युनिभर्सिटीबाट जीवविज्ञानमा स्नातकोत्तर गरेकी थिइन् । रिपोर्टअनुसार उनी बाल चिकित्सक हुन् । मारिया र उनको डच व्यापारी श्रीमान जोरिट फासेनबीच गत महिना सम्बन्ध विच्छेद भएको बताइन्छ ।

अर्कोतर्फ कतरिना मस्को स्टेट युनिभर्सिटीको इन्स्टिच्युट फर म्याथेमेटिकल रिसर्च अन कम्प्लेक्स सिस्टम्सकी उपनिर्देशक हुन । उनी विगतमा एक्रोबेटिक डान्सर पनि थिइन् । उनको व्यक्तिगत जीवन धेरै हदसम्म गोप्य छ ।

यो पनि…
रूसको निशाना पूर्वीयुक्रेन
रूससँग शान्ति वार्ता जारी रहन्छ : युक्रेनी राष्ट्रपति



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested