English

पानीमा भलिबल प्रतियोगिता !



बाहिरतिर सामुद्रिक किनार या पौडीपोखरीमा भलिबल खेलेको देखेसुनेकै हो । हाम्रोमा भने नौलो हुन सक्छ, पानीमा खेलिने भलिबल । राष्ट्रिय खेल भलिबलका लागि उर्वर थलो गलकोटमा भोलि मंगलबारदेखि पानीमा खेल्ने भलिबल प्रतियोगिता (वाटर भलिबल गेम) हुँदैछ ।

गलकोट नगरपालिका–३ चिसापानीस्थित दरमखोला रेम्बो ट्राउट एग्रो रिसोर्टले प्रतियोगिता आयोजना गरेको हो । रिसोर्टमा रहेको पौडीपोखरीमा खेल सञ्चालन हुने रिसोर्टका सञ्चालक हुम थापाले जानकारी दिए । पाँच दिनसम्म चल्ने प्रतियोगितामा वडास्तरीय टोली सहभागी हुनेछन् ।

‘१५ देखि २० टिमले स्पर्धामा भाग लिने अनुमान छ, गुल्मीसम्मका खेलाडी टिम सम्पर्कमा आएका छन्’, सञ्चालक थापाले भने,‘ खेलको प्रवर्द्धनसँगै गलकोटलाई नयाँ ढङ्गबाट चिनाउन पानीमा भलिबल प्रतियोगिता राखिएको हो ।’

गलकोट भलिबल टोलीका प्रशिक्षक सुरेन्द्र केसीले सम्भवतः नेपालमै पहिलोपटक यस किसिमको भलिबल खेल हुन लागेको बताए । ‘यो जहीँतहीँ खेलाउन सम्भव हुँदैन, मापदण्ड पुग्ने पौडीपोखरी चाहिन्छ’, उनले भने, ‘गलकोटमा पूर्वाधार पनि भएको र खेलाडी पनि उत्सुक देखिएकाले प्रतियोगिता पक्कै सफल हुनेछ ।’

यस प्रतियोगिताबाट नयाँ अनुभव, सिकाइ र पानीमा खेलिने भलिबलको सम्भावना पहिल्याउन पनि सघाउ पुग्ने विश्वास लिइएको छ । पौडीपोखरीभित्र भलिबल खेल हुने चर्चाले खेलप्रेमी पनि प्रतियोगिता हेर्नका लागि उत्साहित छन् । रिसोर्ट परिसरमा रहेको २० मिटर लामो पौडीपोखरीमा खेल हुनेछ ।

एक टोलीबाट चारजना खेलाडी स्पर्धामा उत्रनेछन् । खेल लिग प्रणालीबाट खेलाइने आयोजकले जनाएको छ । प्रतियोगितामा पहिलो हुने टोलीले नगद ३० हजारसहित कप र मेडल र दोस्रोले १५ हजारसहित मेडल र तेस्रोले आठ हजार पुरस्कार पाउनेछ । टोली दर्ता शुल्क दुई हजार राखिएको छ । प्रतियोगिता सञ्चालनका लागि एक लाख ५० हजार खर्च हुने आकलन आयोजकको छ ।

खेलको प्रवर्द्धनसँगै गलकोटलाई नयाँ ढङ्गबाट चिनाउन पानीमा भलिबल प्रतियोगिता राखिएको हो । यस प्रतियोगिताबाट नयाँ अनुभव, सिकाइ र पानीमा खेलिने भलिबलको सम्भावना पहिल्याउन पनि सघाउ पुग्ने विश्वास लिइएको छ ।

पुरस्कारका लागि प्रायोजनसमेत जुटाइएको छ । जिल्ला भलिबल संघका अध्यक्ष याम श्रीसले पानीमा खेलिने भलिबलबारे आफूलाई धेरै जानकारी नभएको प्रतिक्रिया दिए । ‘अन्यत्र देशमा त खेलेको देखिन्छ, नेपालमा अहिलेसम्म भएको थाहा छैन, यसको प्राविधिक पक्ष र अरू विषयमा म पनि अनभिज्ञ छु’, उनले भने ।

अध्यक्ष श्रीसले सानो स्तरबाट भए पनि खेल आयोजना हुनुलाई सुखद मान्नुपर्ने बताए । गलकोट भलिबलका लागि नामुद ठाउँ हो । पछिल्लो समय गलकोट भलिबल टोलीले देशका विभिन्न भू–भागमा हुने प्रतियोगितामा लगातारजसो जीत निकालेको छ । गत साता ताप्लेजुङको पाथीभरामा आयोजित पालिकास्तरीय भलिबल प्रतियोगिताको उपाधिसँगै नगद पाँच लाख ५५ हजार ५५५ हात पारेको टोलीका प्रशिक्षक केसीले बताए ।

त्यसअघि मोरङको उर्लाबारीमा भएको प्रथम संसारीमाई जल्पादेवी कप भलिबल प्रतियोगिताको उपाधि पनि गलकोटले हात पारेको थियो । गत पुसमा स्याङ्जाको पुतलीबजारमा भएको दोस्रो पुतलीबजार कप अन्तरपालिका भलिबल प्रतियोगितामा पनि गलकोट विजयी बन्दै उपाधिसँगै पाँच लाख जितेको थियो ।

गत वर्षको प्रथम पुतलीबजार कपमा पनि गलकोट नै विजयी बनेको थियो । जिल्लादेखि क्षेत्र र राष्ट्रियस्तरका प्रतियोगितामा समेत गलकोटका खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । गलकोटबाट जापानलगायत देशमा पुगेका युवाले पनि क्लब गठन गरी भलिबल प्रतियोगिता आयोजना गर्दै आएका छन् । सांकेतिक तस्बिर ।

यो पनि…
भलिबलप्रेमी परिवार : कोही राष्ट्रिय रेफ्री, कोही राष्ट्रिय टिममा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नयाँ स्मार्टफोन रेडमी नोट 15 5G नेपालमा ल्याएको छ । यो स्मार्टफोन अल्ट्रा–स्लिम डिजाइन, बलियो

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवस – २०२६’ को अवसरमा मार्च ८ मा पाटन संग्रहालयमा लायन्स क्लब अफ काठमाडौं ब्लडहुडको आयोजनामा

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको शब्द रचना रहेको चलचित्र ‘राम नाम सत्य’को गीत ‘धागोले बाटेको’

फागुन २४, केके मानन्धरकेन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भ्वय् कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक रुपमा पूर्वको

Latest










Popular
Suggested