English

धरहराबाट छारे रोगको सचेतना



शनिबारको साँझ । सुन्धारास्थित धरहरा पर्पल कलरले सजाइएको छ । यसरी धरहरा सजाउनुको उद्धेश्य हो, छारे रोगसम्बन्धि सचेतना फैलाउने ।

हरेक वर्ष मार्च २६ का दिन मनाइने विश्व छारे रोग सचेतना दिवसको अवसरमा महाराजगञ्जस्थित नेशनल न्युरो सेन्टर र इपिलेप्सी फाउन्डेसन अफ नेपालको संयुक्त आयोजनामा धरहरालाई पर्पल कलरले सजाइएको हो । पर्पल २६ नेपालको अवधारणामा आधारित रहेर छारेसम्बन्धि सचेतनामुलक सामग्री धरहरामार्फत देखाइएको थियो ।

नेपाली समाजमा छारेसम्बन्धि विविध भ्रम र अन्धविश्वास रहेका छन् । आममानिसमा छारेबारे जति भ्रम छन् ती सबै गलत हुन् भन्ने धारणा विकास गर्नका लागि धरहरालाई पर्पल कलरले सजाएर सचेतनामुलक सामग्री प्रदर्शन गरिएको सेन्टरका निर्देशक तथा वरिष्ठ न्युरोलोजिष्ट डा. लेखजंग थापाले बताए । ‘धरहरा पनि एकपटक लडेर फेरि ठडिएर पहिलेकै स्वरुपमा फर्किएको छ,’ डा. थापा भन्छन्, ‘छारे रोग लागेका मानिसहरु पनि उपचार गराएमा सामान्य अवस्थामा फर्कन सक्छन् भन्ने सन्देश दिनका लागि हामीले धरहरालाई रोजेका हौं ।’

धरहरालाई पर्पल कलरले सिंगारिएसँगै ज्ञानेश्वरस्थित एटिक होटलमा औपचारिक कार्यक्रम गरिएको थियो । जसमा नेपाल पक्षघात संघका अध्यक्ष तथा वरिष्ठ न्युरोलोजिष्ट डा. राजुु पौडेल, नेशनल न्युरो सेन्टरका निर्देशक तथा वरिष्ठ न्युरोलोजिष्ट डा. थापा, उपनिर्देशक तथा वरिष्ठ न्युरोलोजिष्ट डा. सुमन भट्टराई, मनोरोग विशेषज्ञ डा. आशिष दत्त लगायतले छारेको बारे प्रस्तुति दिएका थिए । यसैगरी, कार्यक्रमको प्रमुख अतिथिसमेत रहेको आइओएमका पूर्व डिन तथा मस्तिष्क रोग विशेषज्ञ डा. जेपी अग्रवालले पनि छारे रोगका बारेमा धारणा राखेका थिए ।

साथै, नेशनल न्युरो सेन्टर, नेपाल पक्षघात संघ र स्वास्थ्य पत्रकार मञ्च नेपालको सहकार्यमा सञ्चालन गरिएको छारेसम्बन्धि लेखनवृत्ति कार्यक्रमलाई समापन गरिएको थियो । लेखनवृत्तिमा कार्यक्रममा सहभागि ७ जना स्वास्थ्य पत्रकारलाई नगद र प्रमाणपत्रसहित पुरस्कृतसमेत गरिएको थियो ।

कार्यक्रममा विभिन्न चिकित्सक, नर्स, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।


तस्बिर : किरण स्याङ्बो/मेरोलाइफस्टाइल



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested