English

ढुंगाले हान्दा सांसद घाइते



सर्लाहीको ईश्वरपुरमा क्लवको घर बनाउने विषयमा भएको झडपमा संघीय सांसद प्रमोद साह घाइते भएका छन् । सांसद साहको टाउकोमा गहिरो चोट लागेको छ ।

शनिबार इश्वरपुर नगरपालिका–६, बयलवास बजारमा दुई पक्षबीच झडप भएको हो । झडपमा दुवै पक्षका स्थानीयबीच ढुंगामुडा भएको थियो । सोही क्रममा ढुंगाले लागेर सर्लाही क्षेत्र नम्बर–१, का सांसद घाइते भएका हुन् ।

उनको बयलवास स्थित अमृत हेल्थकेयर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बयलवासमा रहेको फुलजोर बाबा युवा क्लवको जग्गाको विषयमा केही दिनयता स्थानीय युवाबीच विवाद बढ्दै गएको थियो । 

विवाद उत्कर्षमा पुगेको अवस्थामा सांसद साह घटनास्थल पुगेलगतै झडप भएको ईलाका प्रहरी कार्यालय केश्वरगंजले जनाएको छ । उक्त क्लबको भवन बाटोमा परेको भन्दै केही समय पहिला आधा भत्काइएको थियो । 

सडक छुट्टाएर बाँकी जग्गामा एक पक्षले क्लवको भवन बनाउन खोजेका थिए । 

यो पनि
यसकारण लगाइयो मोरङको लेटाङमा बिहानैदेखि कर्फ्यू
गलत कामको असर



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested