English

पारस दशककै सर्वोत्कृष्ट खेलाडी



नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का पछिल्लो दशकको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले गत वर्ष कोभिड महामारीको चपेटामा परेर खेलक्षेत्र गतिविधि शून्य भएका कारण फरक स्वरूपमा गरेको एनएसजेएफ पल्सर स्पोर्टस अवार्डमा पारसले यस्तो अनुपम सफलता हासिल गरेका हुन् ।

मञ्चले प्रत्येक वर्ष अघिल्लो वर्ष उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी, प्रशिक्षक तथा खेलकर्मीलाई पुरस्कृत गर्ने गरेकोमा यसपालि भने पछिल्लो दशकभरको सफलतालाई मानक मान्दै अवार्ड वितरण गरेको थियो । जहाँ अन्य विभिन्न विधाका खेलकर्मीसँगै दशकको उत्कृष्ट खेलाडी पुरुष र महिला तथा प्रशिक्षक सम्मानित भएका थिए ।

मंगलबार प्रज्ञा भवनमा भएको नेपाली खेलकुदकै सबभन्दा ठूलो अवार्ड कार्यक्रममा पछिल्लो दशक नेपाली क्रिकेटमा एकछत्र राज गरेका पारस सम्मानित भए । उनी यसअघि एकपटक युवा विधासमेत गरी अवार्डमा पाँचपटक वर्षको उत्कृष्ट खेलाडी घोषित भइसकेका थिए ।

नेपाली क्रिकेटलाई विश्व क्रिकेट लिग डिभिजन पाँचबाट चार, तीन र दुई हुँदै एकदिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता दिलाउनमा पारसको व्यक्तिगत प्रदर्शन तथा नेतृत्वदायी भूमिका महत्त्वपूर्ण थियो ।

सन् २०१३ मा युएईमा भएको एसिसी ट्रफी जिताउन सफल कप्तान पारसले लगत्तैको वर्ष नेपाललाई पहिलो र अहिलेसम्मकै एकमात्र ट्वान्टी २० विश्वकप सम्म पुर्‍याउँदा सफल नेतृत्व गरेका थिए । सन् २०१८ मा नेपाललाई एकदिवसिय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता दिलाउनु पारस अनि नेपाली क्रिकेटको अनुपम सफलतामा पर्छ ।

यो पनि….
एकदिवसीय र टी-ट्वान्टीका लागि टिममा को–को परे ?

पीएनजीविरुद्ध नेपालको सानदार जित
जगत टमाटा दशककै सर्वोत्कृष्ट प्रशिक्षक



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

Latest










Popular
Suggested