English

३१ अर्बको मोबाइल फोन नेपाल भित्रियो



चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो आठ महिनामा नेपालमा करिव ३१ अर्ब रुपैयाँको मोबाइल फोन सेट भित्रिएको छ । भन्सार विभागका अनुसार २०७८ साउन देखि फागुन मसान्तसम्मको अवधिमा ३० अर्ब ९९ करोड २१ हजार रुपैयाँको मोबाइल फोन सेट नेपाल भित्रिएको हो ।

उक्त मूल्यमा ४२ लाख ५९ हजार ९८९ थान मोबाइल सेट विभिन्न देशबाट नेपाल भित्रिएको विभागले जनाएको छ । पछिल्लो आठ महिनामा नेपालले सबैभन्दा बढी मोबाइल चीनबाट आयात गरेको छ । चीनबाट सो अवधिमा १८ अर्ब २३ करोड २४ लाख १० हजार रुपैयाँको मोबाइल फोन सेट नेपालमा आएको छ ।

यस्तै, भारतबाट ११ अर्ब १६ करोड ६८ लाख २४ हजार रुपैयाँ, भियतनामबाट १ अर्ब १५ लाख ८७ हजार रुपैयाँ, युनाइटेड अरब इमिरेट्स (युएई)बाट १९ करोड ५५ लाख ६४ हजार रुपैयाँ, अमेरिकाबाट १० करोड ५० लाख ९८ हजार रुपैयाँ, बंगलादेशबाट १० करोड ३ लाख १६ हजार रुपैयाँ, जापानबाट ४ करोड २४ लाख ३० हजार रुपैयाँ, हङकङबाट ३ करोड ६ लाख ३१ हजार रुपैयाँ, दक्षिण कोरियाबाट १ करोड ३६ लाख ११ हजार रुपैयाँ, कतारबाट २ करोड ७५ लाख ९४ हजार रुपैयाँको मोबाइल नेपाल भित्रिएको छ ।

गत आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा विभिन्न देशबाट २६ अर्ब ३० करोड ५४ लाख ९५ हजार रुपैयाँको मोबाइल सेट नेपालले आयात गरेको थियो । सो मूल्यमा ४९ लाख ९३ हजार ४५१ थान मोबाइल सेट नेपाल भित्रिएको विभागको तथ्याङ्कले देखाउँछ ।
यो पनि…
आजको विदेशी मुद्राको विनिमय दर
विदेशी मुद्राको विनिमय दर




Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

Latest










Popular
Suggested