English

दरबार र माओवादी कांग्रेस सिध्याउन चाहन्थे तर गिरिजाबाबु भने…



रोल्पाको होलेरी काण्डपश्चात गिरिजाप्रसाद कोइरालाले हठातमा प्रधानमन्त्री पदबाट राजीनामा दिने निर्णय लिनुभयो । दरबार, आफ्नै पार्टी र प्रतिपक्षी एमालेले लाउडा काण्डमा संसद चल्न नदिएको ५६ दिन बितिसकेको थियो । अर्कोतिर माओवादीले जनयुद्धलाई झनै अराजक बनाउदै लगिरहेको थियो । ठिक यही बेला भारतले पनि उहाँलाई सहयोग गरिरहेको देखिदैनथ्यो । भारत र माओवादीको दोहोरो चेपमा परेका कारण गिरिजाबाबु निकै नै तनावमा देखिनहुन्थ्यो ।

शेरबहादुरको मन्त्रीपरिषद्मा रहेका मन्त्रीले पनि प्रधानमन्त्रीले अधिकांश निर्णय दरबारलाई सोधेर मात्र गर्न थालेको ब्रिफिङ गर्न थाले । त्यसपछि त गिरिजाबाबु झनै आत्तिन थाल्नुभयो ।

एकदिन मलाई बालुवाटारमा बोलाउनु भयो । र, ‘यस्तो परिस्थितिमा म सरकारमा बस्न मिल्दैन,त्यसैले आज या भोलि राजीनामा दिँदैछु, यो कुरा कसैलाई नभन्नु’ भन्नुभयो । यति भन्दाभन्र्दै गिरिजाबाबुले मलाई कानमा खुसुक्क भन्नुभयो ‘सुशिल (कोइराला) लाई चाहिँ भन्दै नभन्नु, कचकच गर्छ’ । तर, उहाँले राजीनामा दिनुभन्दा आधा घण्टा अघि मैले सुशिल दाईलाई गिरिजाबाबुले नभन्नु भनेको कुरा भन्दिए । गिरिजाबाबुले ‘कतै नभन’ भनेका धेरैजसो कुराहरु म सुशिल दाईलाई सेयर गर्थेँ ।

गिरिजाबाबुले राजीनामा दिएपछि शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त हुनुभयो । गिरिजाबाबु पार्टी सभापति हुनुहुन्थ्यो । माओवादी झनै अराजक हुँदै थियो । साथै, उनीहरुसँगका पटक–पटकको वार्ता असफल भइरहेका थिए । त्यसो भए अब राष्ट्रिय राजनीतिमा गिरिजाबाबुको भूमिका के ? यसको खोजी हुन थाल्यो ।

राष्ट्रिय राजनीतिमा आफ्नो भूमिका गौण हुँदै गएको, कांग्रेस पार्टी कता–कता दरबारतर्फ लहसिएको र शेरबहादुरले पार्टीलाई दरबारीकरण गरेको अनि पार्टीको मूल पात्र डाइभर्ट हुँदै गइरहेको छ भन्ने उहाँलाई लाग्यो । साथै, शेरबहादुरको मन्त्रीपरिषद्मा रहेका मन्त्रीले पनि प्रधानमन्त्रीले अधिकांश निर्णय दरबारलाई सोधेर मात्र गर्न थालेको ब्रिफिङ गर्न थाले । त्यसपछि त गिरिजाबाबु झनै आत्तिन थाल्नुभयो ।

आफू प्रधानमन्त्री बने दरबार, सेना, पार्टी सबैले सहयोग गर्छ र माओवादीसँग हार्डवेयरमा डिल गर्न सकिन्छ भन्नेप्रति गिरिजाबाबुमा अटल विश्वास देखिन थाल्यो । तर, जब उहाँ प्रधानमन्त्री हुनुभयो अनि उहाँलाई नै खेद्न थाले ।

किसुनजीलाई हटाएको पछुतो !

२०५६ को चुनावपछि कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री बनाएर आफू पार्टीलाई ब्युँताउने अभियानमा गिरिजाबाबु लाग्नुभयो । साथै, कांग्रेस जगाएर माओवादी सिध्याउने रणनीति उहाँको थियो । यहीबीचमा किसुनजीले माओवादीसँग गरेका वार्ताहरु असफल हुँदै थिए । किसुनजीलाई माओवादीसँग वार्ताको जिम्मा दिँदा जुनैबेला माओवादीले देश कब्जामा लिन सक्छ भन्दै दरबारका मानिसहरुले नै गिरिजाबाबुलाई उचाल्न थाले । साथै, किसुनजीलाई प्रधानमन्त्रीबाट हटाएर गिरिजाबाबु प्रधानमन्त्री बने माओवादी सिध्याउन लागि सबै कुराबाट साथ दिने बचन समेत दिए ।

आफू प्रधानमन्त्री बने दरबार, सेना, पार्टी सबैले सहयोग गर्छ र माओवादीसँग हार्डवेयरमा डिल गर्न सकिन्छ भन्नेप्रति गिरिजाबाबुमा अटल विश्वास देखिन थाल्यो । तर, जब उहाँ प्रधानमन्त्री हुनुभयो अनि उहाँलाई नै खेद्न थाले । किसुनजीले प्रधानमन्त्रीबाट राजिनामा दिएसँगै भावनात्मक रुपमा पार्टी पनि टुक्रियो । आफूले राजीनामा दिइसकेपछि किसुनजीलाई प्रधानमन्त्रीबाट हटाउनु ठूलो गल्ती थियो भन्ने आत्मग्लानी गिरिजाबाबुलाई भयो ।

दरबार–माओवादीबीच पटक–पटक गोप्य वार्ता

यता कांग्रेसले माओवादीसँग गरेको वार्ता असफल भइरहेको थियो । किसुनजीदेखि गिरिजाबाबु हुँदै शेरबहादुरको नेतृत्वमा बनेको वार्ता समितिले ठोस निर्णय लिन सकिरहेको थिएन । दरबारले चाहेको पनि यही थियो । किनकी, देशमा आएको ठूलो संकटलाई कांग्रेसले सम्बोधन गर्न सकेन भन्ने कुरा दरबारलाई प्रमाणित गर्नु थियो । र, यता राजा वीरेन्द्रले माओवादीसँग भित्री रुपमा वार्ता गरिरहेका थिए ।

दरबार र माओवादीको मूल एजेण्डा नै कांग्रेस र तत्कालिन एमाले लगायतका पार्टी सिध्याउने थियो । यो कुरा गिरिजाबाबुले बुझ्नुभयो ।

यहीबीचमा दरबार हत्याकाण्डमा राजा वीरेन्द्रको वंश नाश भयो । ज्ञानेन्द्र राजा भए । फेरि पनि दरबार र माओवादीबीच भित्री वार्ता हुन थाल्यो । त्यतिबेला दरबार र माओवादीको मूल एजेण्डा नै कांग्रेस र तत्कालिन एमाले लगायतका पार्टी सिध्याउने थियो । यो कुरा गिरिजाबाबुले बुझ्नुभयो ।

अनि माओवादीहरु गिरिजाबाबुसँग वार्ता गर्नुपर्यो भन्दै आए !

शेरबहादुर देउवा प्रधानमन्त्री भएसँगै गिरिजाबाबुको राष्ट्रिय राजनीतिमा भूमिका सिमित हुँदै थिए । यहीक्रममा एकदिन मेरा नजिकका मित्र गोविन्द न्यौपाने माओवादी र गिरिजाबाबुबीच वार्ता गराउनुपर्यो भन्दै आए । त्यतिबेला म बिजुलीबजारमा बस्थेँ । केहीदिनपछि गोविन्दमार्फत त्यतिबेलाका उच्च पदस्थ माओवादीहरु र केही पत्रकारहरु मेरो घरमै आए । अनि, माओवादीसँग गिरिजाबाबुले वार्ता गरेर हामी मिल्नुपर्छ भन्दै दबाब दिन थाले । मैले यो कुरा गिरिजाबाबुलाई पनि भनेको थिएँ । माओवादीले वार्ता गर्न चाहेको कुरा लिखित रुपमा पनि उहाँलाई दिएँ । तर, उहाँले ६ महिनासम्म मान्नु भएन ।

गिरिजाबाबुले करिव ६ महिना कुर्नुभयो । तर, त्यो दिन कहिल्यै आएन । यसैबीचमा उहाँ विराटनगर जान खोज्नुभयो । यद्यपि, विराटनगर जानेक्रममा विमानस्थलमै उहाँलाई रोकियो । त्यहीदिनदेखि गिरिजाबाबुलाई आफू चौतर्फी रुपमा घेराबन्दीमा परेको अनुभव भयो ।

त्यतिबेला माओवादीको संघीयता, गणतन्त्र लगायतका एजेण्डा नै थिएनन् । उनीहरुले त २०४७ को अन्तरिम संविधानको प्रस्तावनामा जसरी ०४६ को आन्दोलन भनेर लेखिएको छ । त्यो प्रस्तावनामा ०५२ मा नेपालमा सुरु भएको जनयुद्धलाई संस्थागत गरेर संविधानमा केही सुधार गर्दा माओवादीले मान्ने कुराहरु न्यौपानेलगायत माओवादी नेताले लेखेरै दिएका थिए । त्यतिबेलासम्म गिरिजाबाबु र माओवादीबीच कुराकानी हुन्छ भन्ने कुरा समेत कसैले पनि सोचेका थिएनन् ।

यहीबीचमा गिरिजाबाबुले राजासँग केही कुरा गर्न चाहनुभयो । त्यसो त दरबारका हर्ताकर्ता पशुपति महर्जनलाई राजासँगको भेट जुराइदिन पटकपटक आग्रह गर्नुभयो । तर, महर्जनले ‘राजालाई बिन्ती चढाएको छु समय मिलेपछि बोलाउँछु भन्नुभएको छ’ भन्ने जवाफ दिन्थे । गिरिजाबाबुले करिव ६ महिना कुर्नुभयो । तर, त्यो दिन कहिल्यै आएन । यसैबीचमा उहाँ विराटनगर जान खोज्नुभयो । यद्यपि, विराटनगर जानेक्रममा विमानस्थलमै उहाँलाई रोकियो । त्यहीदिनदेखि गिरिजाबाबुलाई आफू चौतर्फी रुपमा घेराबन्दीमा परेको अनुभव भयो ।

‘सान्दाजु (वीपी कोइराला)को राजनीति त्योबेलाको परिस्थिती जे थियो त्यहीअनुसार गर्नुभयो । म चाहिँ यसरी देश र कांग्रेस डुबेको हेर्न सक्दिनँ अब माओवादीसँग वार्ता गर्छु जसले तिमीसँग वार्ता गर्छु भनेका छन् तिनीहरुलाई मसँग भेटाउ’ भन्नुभयो ।

अनि तयार हुनुभयो गिरिजाबाबु

माओवादीले हामीसँग वार्ता गरिरहेका थिए । त्यो वार्ताका लागि प्रा. कृष्ण खनाल, नरहरी आचार्य, चक्र बास्तोलालगायत थियौं । हामी चारैजनाले तीन–चार चरण वार्ता गरिसकेका थियौं । तर, केही कांग्रेसीहरु राजाले नै माओवादीलाई ठेगान लगाउन्, कम्युनिष्टसँग वार्ता गर्नुहुन्न भन्ने पक्षमा थिए । तर, राजाले पनि माओवादीलाई पुलपुल्याएर राख्ने र, सेनाले पनि केही नगर्ने परिस्थिति बन्यो । त्यसैले एकदिन गिरिजाबाबुले मलाई चक्रपथस्थित शशांक कोइरालाको घरमा बोलाउनुभयो ।

त्यो दिन उहाँले ‘सान्दाजु (वीपी कोइराला)को राजनीति त्योबेलाको परिस्थिती जे थियो त्यहीअनुसार गर्नुभयो । म चाहिँ यसरी देश र कांग्रेस डुबेको हेर्न सक्दिनँ अब माओवादीसँग वार्ता गर्छु जसले तिमीसँग वार्ता गर्छु भनेका छन् तिनीहरुलाई मसँग भेटाउ’ भन्नुभयो । यसपछि माओवादीका केही नेता र गिरिजाबाबुबीच भेटघाट प्रारम्भ हुनथाल्यो । माओवादीसँगको कुराकानीका क्रममा गिरिजाबाबु निकै उदार देखिनुभयो । उहाँको उदारता देखेर म पनि छक्क परेँ । वार्ता अघि बढ्यो । कृष्ण खनाल र नरहरी आचार्य दुवैजना प्रचण्ड र बाबुराम भट्टराईलाई भेट्न दिल्ली जानुभयो ।

यस्तो थियो गिरिजाप्रसाद कोइरालाको लाइफस्टाइल

दिल्लीबाट फर्किएर उहाँहरुले एउटा रिपोर्ट गिरिजाबाबुलाई दिनुभयो । तर त्यो रिपोर्टलाई गिरिजाबाबुले गम्भिर रुपमा नलिएको संकेत हामीले पायौं । यसपछि नै हो,उहाँको टिममा पार्टीभित्रै नयाँ–नयाँ पात्रहरु भित्रिन थाले । म,कृष्ण खनाल,नरहरी लगायतका पुरानो टिमलाई उहाँले उपयोग गर्न छाड्नुभयो । यहीक्रममा माओवादीसंग वार्ताका लागि गिरिजाबाबु दिल्ली प्रस्थान गर्नुभयो,त्यतिबेला उहाँसँग बेग्लै टीम थियो ।

तर, उहाँले जुन टिम छान्नुभएको थियो त्यो टिममा कम्युनिष्ट आन्दोलनको आयाम बुझ्ने मान्छे कोही थिएनन् । यही कुरामा हामी चिन्तित थियौं । त्यसपछि नेपाली राजनीतिले कुन मोड लियो र त्यसले कस्तो परिणाम ल्यायो भन्नेकुरा सबैसामु जगजाहेरै छ ।

(राजनीतिक विश्लेषक आचार्यसँग मेरोलाइफस्टाइलका प्रमुख संवाददाता महेश तिमल्सिनाले गरेको कुराकानीमा आधारित)

तस्बिरहरु : विकास रौनियार

यो पनि
गिरिजाप्रसाद कोइराला : एक निर्भिक र निडर नेता

भिडियो :



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

Latest










Popular
Suggested