English

राति अबेरसम्म निन्द्रा लाग्दैन ? अपनाउनुहोस् यी उपाय



कतिपय मानिसलाई राति अबेरसम्म निद्रा लाग्दैन । त्यसपछि उनीहरूलाई बिहान उठ्न समस्या हुन्छ । यो अनिद्रा वा चिन्ता (तनाव) को कारण हो भनेर चिकित्सकहरू विश्वास गर्छन् । यद्यपी आजकल धेरै मानिसहरू राति सुत्दा सामाजिक सञ्जाल र मोबाइलमा सक्रिय हुन्छन् जसका कारण उनीहरूलाई निद्रा लाग्दैन । हामी तपाईंलाई केही यस्ता टिप्स बताइरहेका छौं जसको मद्दतले राति चाँडै निन्द्रा लाग्नेछ ।

सुत्ने समय सेट गर्नुहोस् र मोबाइल अफ गर्नुहोस्
धेरैजसो मानिसहरू राति सुत्न सक्दैनन् किनभने उनीहरूसँग सुत्ने समय निश्चित छैन । यस्तो अवस्थामा निन्द्रा नपुग्दा मानिसहरू मोबाइल, गेम, च्याटिङ आदिमा व्यस्त हुन्छन्, जसका कारण दिमाग व्यस्त रहन्छ । यस समस्याबाट बच्नको लागि तपाईंले आफ्नो सुत्ने र उठ्ने समयहरू सेट गर्नु महत्त्वपूर्ण छ । जस्तै १० बजे वा ११ बजे । यसपछि सुत्ने बेला हुनेबित्तिकै मोबाइलको स्वीच अफ गर्नुहोस् वा आफूबाट टाढा राख्नुहोस् । सुत्नमा ध्यान दिनुहोस् ।

दिमागमा आउने विचारहरू नोट गर्नुहोस्
यदि तपाईं राति अबेरसम्म सुत्न सक्नुहुन्न भने थोरै व्यायाम गर्नुहोस् । एउटा डायरी र कलम लिनुहोस् । तपाईंको दिमागमा आउने हरेक विचारलाई नोट गर्नुहोस् । केही समय पछि तपाईंले महसुस गर्नुहुनेछ कि तपाईंसँग कुनै विचार बाँकी छैन । त्यसपछि आफ्नो पूरा ध्यान निद्रामा लगाउनुहोस् । आँखा बन्द गरेर सुत्नुहोस् ।

गहिरो सास लिनुहोस्
यदि तपाईं सुत्न सक्नुहुन्न भने सुत्नुअघि एउटा काम गर्नुहोस् । सुत्नुअघि चिसो पानीले हात, खुट्टा, मुख धुनुहोस् । अब पानी पुछेर ओछ्यानमा जानुहोस् । शरीर फैलाएर सीधा सुत्नुहोस् । आँखा बन्द गर्नुहोस् र गहिरो सास लिनुहोस् । २०–२५ गहिरो सास लिएपछि तपाईं निदाउन थाल्नुहुन्छ । यस अवधिमा दिमागबाट सबै विचारहरू हटाउनुहोस् ।

हल्का संगीत सुन्नुहोस्
सुत्ने सबैभन्दा राम्रो उपाय भनेको संगीत सुन्नु हो । यदि तपाईं राति अबेरसम्म सुत्न सक्नुहुन्न भने आफ्नो इयरफोन खोल्नुहोस् र हल्का संगीत सुन्नुहोस् । क्लासिक संगीत सुन्न सकिन्छ । यसो गर्दा तपाईंलाई छिट्टै निद्रा लाग्नेछ ।

यो पनि…
करेलाको पानी पिउनुका फाइदा
राति राम्रोसँग सुत्न के गर्ने ?



सम्बन्धित खबरहरु

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

सुनसरी, मंसिर २२ गते ।सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

Latest










Popular
Suggested