English

विश्व चिनाउने साताका २१ तस्वीर



विश्वभर विभिन्न घटना घट्छन् । केही शब्दले समाचार बन्छन् त केही तस्वीरले । तिनै तस्वीरले विश्व चिनाउँछन् । भनिन्छ, हजार शब्दले व्यक्त गर्न नसकेको कुरा एउटा तस्वीरले बताउँछ । त्यसैले, यस हप्ता तिनै सन्देश दिने तस्वीरलाई हामीले समेट्ने प्रयास गरेका छौँ ।

२१. युक्रेन–रुस द्वन्द्वका कारण युक्रेनबाट भागेर पोल्यान्ड मेडिकाको सिमानामा बच्चालाई खाना खुवाउँदै ।
२०. जर्मनीको फ्रान्कफर्टस्थित सूर्य उदाएको दृश्य ।
१९. यहुदीको एक बस्तीको दृश्य ।
१८. कोलम्बियास्थित बिज बैंक ।
१७. रोभानिमीस्थित आइस तालमा दुई जना नुहाउँदै ।
१६. सिड्नीको दक्षिण–पश्चिम क्षेत्रमा आएको बाढी ।
१५. हङकङमा साँझका समयमा घुमफिर गर्ने मानिसहरू बसेका दृश्य ।
१४. युक्रेनका शरणार्थी भएकाहरूको अस्थायी शिविरमा बच्चा ।
१३. युक्रेनको किभस्थित पसलमा बच्चाहरू फूल किन्दै ।
१२. एथेन्सको फिलोपाप्पौ हिमालमा चङ्गा उडाउँदै ।
११. पूर्वी चीनको आन्हुईको हुवावेईमा वसन्त ऋतुमा रमाउँदै ।
१०. ललितपुरको जावलाखेल तिब्बती शिविरमा चिनियाँ शासनविरुद्ध तिब्बती विद्रोहको ६३औँ वार्षिकोत्सवको अवसरमा हावामा पीठो फ्याँक्दै ।
९. भक्तपुर नगरपालिका–७ गोल्मढीस्थित सहलह सहकारी संस्थाले आयोजना गरेको बाँसुरी प्रशिक्षणमा सहभागीहरू
८. हुम्लामा ११२औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजना गरिएको बालविवाहसम्बन्धी देउडा प्रतियोगितामा स्थानीय पहिरनमा सहभागी महिला ।
७. शुक्लाफाँटा नगरपालिका–१० झलारीका राना थारू समुदायका महिला माछा मारेर घरतर्फ फर्कदैँ ।
६. भक्तपुरको घ्याम्पेडाँडा जाने बाटोमा गुराँस बेच्न बसेका बालक ।
५. शुक्लाफाँटा नगरपालिका–३ का थारू युवा मसला पिस्ने काठको भाँडो (डोक्नी) तयार गर्दै ।
४. झापाको बिर्तामोडस्थित हेवन वार्टर पार्कनजिकै सुकाएको अम्रिसो कुचो बनाउन मुठा पार्दै महिला ।
३. दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १९ छिल्लीकोट पुग्ने सडक स्तरोन्नति लागि काम गर्दै गरेका मजदुर ।
२. ११२औँ अन्तर्राष्ट्रिय महिला दिवसका दिन मङ्गलबार कञ्चनपुरको महेन्द्रनगरमा घर बनाउने काममा मजदुरी गर्दै थारू समुदायका महिला ।
१. दोलखा जिल्लाको पैदलमार्गबाट पुग्न सकिने पर्यटकीयस्थल शैलुङबाट हिमाल अवलोकन गर्दै आन्तरिक पर्यटक ।

तस्वीर : रासस, एपी, एएफपी, सिन्ह्वा

यो पनि…
विश्व चिनाउने साताका २१ तस्वीर
भद्रगोल सिंहदरबार (फोटो फिचर)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested