English

के गोपाल योञ्जनका चेला हुन् राजेश हमाल ?



राजेश हमाल एक कुशल अभिनेता हुन् भन्ने सबैलाई जगजाहेर नै छ । हमालले अभिनय गरेका अधिकांश फिल्ममा उनलाई ग्रामीण परिवेशको पात्रको रुपमा दर्शकले हेर्दै आएका छन् । यिनै अभिनेता हमालको पहिलो सोलो गायनको गीत ‘गाउँले ठिटो’ यतिबेला युट्युबमा छ ।

विद्यालयमा मेरो संगीतको शिक्षक नै वरिष्ठ संगीतकार गोपाल योन्जन हुनुहुन्थ्यो । कक्षा ६ पढ्ने बेलासम्म उहाँले अगाडी बोलाएर गाउन लगाउनु हुन्थ्यो । तर, कक्षा १० पुग्ने बेलासम्ममा स्वर नराम्रो जस्तो लाग्यो । त्यसपछि कहिल्यै गाउने कोशिस नै गरिनँ । अहिले आएर फेरि गीत गाउने प्रयास गरेको हुँ

राजधानीमा आयोजित एक कार्यक्रममा अभिनेता हमाल केही नोस्टाल्जिक बने । उनी आफ्नो गायन यात्रालाई स्कुल परिवेशसँग जोडे ।

उनले आफू वरिष्ठ संगीतकार तथा गायक गोपाल योञ्जनको चेला भएको स्मरण गरे । ‘विद्यालयमा मेरो संगीतको शिक्षक नै वरिष्ठ संगीतकार गोपाल योन्जन हुनुहुन्थ्यो । कक्षा ६ पढ्ने बेलासम्म उहाँले अगाडी बोलाएर गाउन लगाउनु हुन्थ्यो । तर, कक्षा १० पुग्ने बेलासम्ममा स्वर नराम्रो जस्तो लाग्यो । त्यसपछि कहिल्यै गाउने कोशिस नै गरिनँ । अहिले आएर फेरि गीत गाउने प्रयास गरेको हुँ,’ उनले भने ।

गीतकार गोविन्द भट्टको शब्द र संगीतकार सन्तोष श्रेष्ठको संगीत रहेको यस गीतमा अभिनेता हमाल गाउँले भेषभूषामा  देखिएका छन् । हमालका अनुसार यो गीतका लागि उनले करिब तीन महिनासम्म तयारी गर्नुपरेको थियो । ‘नेपाल र नेपालीको कथा झल्किने गीतमा गाउने र अभिनय गर्ने चाहना थियो । मैले जीवनमा हलो जोतेको अनुभव लिएको छैन । मैले जति पनि फिल्ममा अभिनय गरेको छु, ती सबैमा म कलाकार बनेर आम नेपालीहरुले अपनाउने जीवन शैलीलाई नै उतारेको छ ।’ उनले भने ।

देवेन्द्र पाण्डे निर्देशित भिडियोमा रोजगारीको लागि विदेशिएको युवा आफ्नै गाउँ फर्केर कृषि कर्म गरी सफल बनेको कथालाई देखाइएको छ । भिडियोमा हमालको साथमा उत्तम केसी, गोबिन्द भट्ट, एसके दाहाल लगायतको अभिनय रहेको छ । उत्सव दाहालको छायांकन रहेको भिडियोका सम्पादक विकास दाहाल हुन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested