English

सम्भोगका बेला यी कुराले गराउँछ मुड खराब



यौन क्रियाकलाप शारीरिक र भावनात्मक रूपले उत्साहित हुन आवश्यक छ । यसका निम्ति चरणबद्ध रूपमै संयमित र रोमाञ्चक यौन क्रियाकलाप गर्न जरुरी हुन्छ ।

यौनले केवल सम्भोगलाई मात्र बताउने गर्दैन । यससँग सम्बन्धित अन्य क्रियाकलापलाई पनि बुझाउँछ । जस्तो स्पर्श, चुम्बन आदि ।

बेलुकीको खानालगत्तै यौन सम्पर्क नगर्नुहोस्

खाना खानेबित्तिकै आफ्नो पार्टनरसँग सेक्सुअल क्रियाकलापमा संलग्न हुनु राम्रो होइन । कम्तिमा पनि खाना खाएको २ घन्टापछि सेक्स गर्दा राम्रो हुने विज्ञहरू बताउँछन् । बेलुकीको खाना धेरै ढिला खाने गर्नाले तपाईंको तौल मात्र बढ्ने होइन कि तपाईंको सेक्स लाइफलाई नै डामाडोल बनाउने विज्ञहरू बताउँदछन् । बेलुकीको खाना थोरै, हलुका र स्वस्थकर हुनु जरुरी छ । यसो गर्दा तपाईंको यौन जीवन तपाइले सोचे भन्दा बढी रोमान्चक र स्वस्थकर हुनेछ ।

पोर्न फिल्मको नक्कल नगर्नुहोस्

पोर्न फिल्मले तपाईंलाई धेरै आशा गर्ने बानी बसालिदिन्छ । आफूले कुनै फिल्ममा सेक्सुयल र सिडक्सन कार्यहरु देखेकै भरमा र त्यसको नक्कल गरेकै भरमा यसले तपाईंको पार्टनरलाई सन्तुष्टि दिन्छ भन्ने छैन। दिनदिनै आत्मियताका लागि गरिने कार्यहरु जस्तै एक अर्कामा आत्मियताका साथ चूम्वन गर्ने अंगालोमा बेर्ने जस्ता कार्य गर्नुस तपाइको यौन जीवन तपाइले सोचे भन्दा रमाइलो हुन्छ । आफ्नो पार्टनरसँग हुने याैन सम्पर्कलाई साँचो र प्राकृतिक बनाउन पनि निकै जरुरी छ ।

सुत्ने बेलामा समाचार नपढ्नुहोस्

सुत्ने बेलामा मोबाइल, टिभी अथवा अनलाईनमा अपराध, सेयर मार्केटको उतार–चढाव, प्राकृतिक प्रकोपका समाचारहरू पढ्दा यसले तपाईंको दिमागमा तनाव पैदा गर्छ । तनावले टेस्टोस्टेरोन लेभल घटाउँछ जसले तपाईंलाई सेक्समा मन नगएको महसुस गराउँछ । यस्तो बेलामा रोमान्टिक गीतहरु सुन्दा राम्रो हुन्छ । सुत्नुपूर्व आफ्नो पार्टनरसँग कुरा गर्ने बानी बसाल्दा पनि यसले एकअर्कामा राम्रो सम्बन्ध स्थापित गर्न सहयोग गर्दछ ।

औषधि धेरै नखानुहोस्

टाउको दुख्नासाथ औषधि खाने गर्नुहुन्छ भने कम गर्नुहोस् । सर्वेक्षणका अनुसार हाइ ब्लड प्रेसर, पिल्स र अरु साधारण औषधिले सेक्सुयल डिजायर कम गर्ने गर्दछन् र टेस्टोस्टेरोन लेभल पनि घटाउने गर्दछ । यस्तो अवस्थामा डाक्टरको सल्लाह लिनुपर्छ

धेरै व्यायाम नगर्नुहोस्

निरन्तरको व्यायामले तपाईंको सेक्स लाइफमा रौनकता थप्ने कामका साथसाथै कार्डियोभास्कुलरको काम र सर्कुलेसन पनि बढाउने कार्य गर्दछ । व्यायामको लागि जिममा जाने अथवा आफ्नो बगैँचा वा अपार्टमेन्टमा डुल्ने गर्दा यसले तपाईंलाई तनावबाट मुक्ति दिएर सेक्सको लागि मुड अन नै राख्न मद्दत गर्छ । तर, अधिक व्यायाम पनि हानि हुन्छ भन्ने कुरा याद राख्नुहोस् ।

धेरै नसुत्नुहोस्

धेरै सुत्दा शारीरिक एवं यौन स्वास्थ्य दुवैको लागि हानिकारक हुन्छ । यसरी धेरैबेरसम्म सुतिरहनाले पनि तपाईंको सेक्स मुड शिथिल हुनपुग्छ । धेरैबेर सुत्नाले प्राकृतिक साइकलमा हानी पुग्ने भएका कारण तपाईंलाई अल्छी, शिथिल र सेक्सका लागि मुड नै नहुने समस्यामा पर्नुहुनेछ । त्यसैले, समयमा नै उठ्ने बानी बसाल्नुहोस् ।

यो पनि
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले धरानलाईन, इटहरी र लायन्सचोक, नारायणगढमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । यी सर्भिस सेन्टरहरु

Latest










Popular
Suggested