English

पाँचौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव चैत १७ देखि २१ गतेसम्म



पाँचौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) हुने भएको भएको छ । आगामी चैत १७ देखि २१ गतेसम्म राष्ट्रिय सभागृह र पर्यटन बोर्डको हलमा भौतिक उपस्थितिमा महोत्सव हुने भएको हो ।

यसअघि, चैत १० देखि १४ गतेसम्म हुने भएकोमा प्राविधिक कारणले मिति परिवर्तन गरिएको निफका अध्यक्ष केपी पाठकले जानकारी दिए ।

‘गतवर्ष चौथो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कोरोना महामारीका कारण भर्चुअल भएको थियो, यसपालि पनि त्यही तयारी थियो,’ पाठकले भने, ‘तर, कोरोनाको जोखिम कम हुनुका साथै राज्यले पनि सबै गतिविधिहरूलाई खुला गरेको कारण तयारीको लागि छोटो समय हुँदा पनि हामीले भौतिक रूपमा गर्न गइरहेका छौँ ।’

महोत्सवमा ३८ देशका ८९ चलचित्रबीच प्रतिस्पर्धा हुनेछ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा, छोटा चलचित्र, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्रहरूको सात वटा विधाको प्रतिस्पर्धामा १४ वटा पुरस्कार वितरण गरिने पाठकले बताए ।

‘यसपटक चलचित्र हलमा भौतिक रूपमा प्रदर्शन हुनुको साथै अनलाइन माध्यमबाट पनि प्रदर्शन हुनेछ,’ उनले भने, ‘निफ–२०२२ पनि अघिल्ला संस्करणझैं राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा एक सशक्त फिल्म उत्सव बन्नेमा हामी विश्वस्त छौँ ।’ त्यसका साथै महोत्सव अवधिमा अनुभवी र प्रसिद्ध फिल्मकर्मीहरूको सहभागितामा विविध विधामा कार्यशाला, अन्तक्र्रिया र छलफलका कार्यक्रमसमेत सञ्चालन हुने जनाइएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र