English

विश्व इतिहासमा आजका घटनाक्रम



सचिन तेन्दुलकरको किर्तिमानी 
सन् २०१० मा भारतका सचिन तेन्दुलकर एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा दोहोरो शतक बनाउने पहिलो क्रिकेट खेलाडी बनेका थिए । तेन्दुलकर  क्रिकेट जगतमा उत्कृष्ट ब्याट्सम्यानको रूपमा विश्वभर चिनिन्छन् ।

नाजी पार्टीको स्थापना
सन् १९२० मा जर्मनीमा नाजी पार्टीको स्थापना भएको थियो । सन् १९२१ मा एडोल्फ हिटलर पार्टीको नेता बनेका थिए ।

जर्जियाली क्यालेन्डर सुरु
सन् १५८२ को २४ जनवरीमा पहिलो पटक पोप ग्रेगोरी १३ औं ले जर्जियन क्यालेन्डरको सुरु गर्न आदेश दिएका थिए । सोही समयदेखि जर्जियाली क्यालेन्डर  प्रयोगमा आएको  विश्वास गरिन्छ ।

एन्ड्रिउ जोनसनलाई महाअभियोग
सन् १८६८ मा अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले तत्कालिन राष्ट्रपति एन्ड्रिउ जोनसनलाई महाअभियोग लगाएको थियो । जोनसनले अंगिकार गरेको पुनर्निर्माण नीतिका कारण कट्टरपन्थी रिपब्लिकनहरू क्रुद्ध बनेका थिए ।

कम्युनिस्ट पार्टी अफ क्युबा
सन् १९७६ मा क्युबामा फिडेल क्यास्ट्रोको शासनले क्युबाको संविधान अंगिकार गरेको थियो, जसले क्युबामा एक मात्र राजनीतिक दल कम्युनिस्ट पार्टी अफ क्युबालाई मान्यता दिएको थियो ।  सन् १९५५ को २४ जनवरीमा अमेरिकी व्यावसायी स्टेभ जब्सको जन्म भएको थियो । 

यो पनि
बाइडेनले पुटिनसँग शिखर वार्ता नगर्ने



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

काठमाडौं : प्रिज्मा एड्भर्टाइजिङका संस्थापक/प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा क्रिएटिभ हेड रञ्जीत आचार्य १७औँ कान्स कर्पोरेट मिडिया एण्ड टिभी अवार्ड

Latest










Popular
Suggested