English

एमसीसी अनुमोदन नगर्न चीनको निरन्तर दबाब



अमेरिकाले नेपाललाई दिने घोषणा गरेको ५० करोड डलरको विकास सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) लाई लिएर चीन र अमेरिकाबीचको जुहारी पुनःसुरु भएको छ ।

बेइजिङमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा छुनयिङले एमसीसीलाई लिएर अमेरिकासँग पुनः सवाल गरेकी हुन् । चाइना न्युज सर्भिसका पत्रकारले एमसीसीका विषयमा टिप्पणी गर्न भनेपछि उनले अमेरिकासँग प्रश्न गर्दै नेपालमाथि एमसीसी अनुमोदन नगर्न दबाब दिएकी हुन् ।

‘अमेरिकी दूतावासले ५० करोड डलर एमसीसी अनुदानलाई ‘अमेरिकी जनताले नेपालीलाई दिएको उपहार’ भनेको छ । मलाई अचम्म लाग्छ, अल्टिमेटमको प्याकेजको साथ उपहार कसरी आउँछ ?,’ चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ताले प्रश्न गरिन् ।

अमेरिकी दूतावासले ५० करोड डलर एमसीसी अनुदानलाई ‘अमेरिकी जनताले नेपालीलाई दिएको उपहार’ भनेको छ । मलाई अचम्म लाग्छ, अल्टिमेटमको प्याकेजको साथ उपहार कसरी आउँछ ?,’ चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ताले प्रश्न गरिन् ।

एमसीसी नेपाली भनाई ‘राम्रो देखिन्छ, तर मासु चपाउन गाह्रो हुनेछ’ भनेजस्तो हुनेमा आफूलाई डर लागेको समेत उनले बताइन् । पत्रकार सम्मेलनमा उनले अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले यसअघि एमसीसी कम्प्याक्टलाई नेपालले अनुमोदन नगरे द्विपक्षीय सम्बन्धमा असर पर्ने भनि दिएको अभिव्यक्ति समेत स्मरण गरेकी थिइन् ।

‘अन्तर्राष्ट्रिय विकास सहयोगलाई पछ्याउँदा पारस्परिक सम्मान र समानताको सिद्धान्तलाई कायम राख्नुपर्छ । सम्बन्धित देशको सार्वभौमसत्ता र जनताको इच्छाको पूर्ण सम्मान गर्नुपर्छ र कुनै पनि देशको आन्तरिक मामिलामा हस्तक्षेप हुनु हुँदैन भन्ने चीनको दृढ विश्वास छ,’ प्रवक्ता हुवा छुनयिङले भनिन् ।

जबरजस्ती कूटनीति र स्वार्थका आधारमा अन्य देशको सार्वभौमसत्ता र हितहरुको उल्लंघन हुनेगरी विकास सहयोग दिन नहुने उनले बताइन् । ‘नेपालको निकट छिमेकी र विकास साझेदारको रूपमा चीनले नेपाली जनतालाई स्वतन्त्र रूपमा आफ्नै विकासको बाटो रोज्न सहयोग गरिरहनेछ र नेपालको सामाजिक आर्थिक विकासमा आफ्नो क्षमताले सक्दो सहयोग गर्ने छ,’ उनले जनाइन् ।

अमेरिकाले एमसीसी संसदबाट अनुमोदन नभए नेपाल-अमेरिका सम्बन्धलाई पुर्नविचार गर्नेसम्मको धम्की दिएको थियो ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा एमसीसीबारे बहस हु्ँदैछ । सरकारले बिहीबार नै प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन गर्ने तयारी गरेको छ । केही दिनअघि अमेरिकाले चीनको दबाबमा नेपालले एमसीसी अस्वीकार गर्न लागेको आरोप लगाएको थियो । अमेरिकाले एमसीसी संसदबाट अनुमोदन नभए नेपाल-अमेरिका सम्बन्धलाई पुर्नविचार गर्नेसम्मको धम्की दिएको थियो ।

एमसीसीमा आफ्नो नाम जोडिएपछि चीनले पनि एमसीसी अनुमोदन गर्न अमेरिकाले नेपालमाथि ‘जबरजस्ती कूटनीति’ अवलम्बन गरेको आरोप लगाएको थियो । त्यसपछि परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गरी विकास सहयोग लिने वा नलिने भन्ने नेपालको स्वतन्त्र अधिकार भएको जवाफ चीन र अमेरिकालाई दिएको थियो ।

यो पनि
एमसीसीमाथि अन्तिम छलफल हुँदै, कुन दलको धारणा कस्तो ?
नेपालमा एमसीसीबारे अमेरिका र चीन सवाल-जवाफ : कसले के भने ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested