English

युएईले नेपाललाई दियो १७६ रनको लक्ष्य



ओमानामा जारी आईसीसी टी–२० विश्वकप छनोटअन्तर्गत सेमिफाइनलमा युएईले नेपाललाई १७६ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ गरेको गर्ने निर्णय लिएको युएईले ७ विकेट गुमाएर १७५ रन जोडेको हो ।

नेपालका लागि जितेन्द्र मुखियाले युएईका चिराग सुरीलाई ४ रनमा बोल्ड आउट गराएका थिए । यसैगरी, ७.३ ओभरमा सन्दिप लामिछानेको बलिङमा अरबिन्द आउट भएका थिए । युएईका लागि उनले २३ बलमा ४६ रन बनाएर खेलिरहेका अर्बिनले २३ बलमा ३ छक्का र ५ चौका प्रहार गरेका थिए ।

यसैगरी, १६.१ ओभरमा नेपालका लागि अभिनास बोहोराले विकेट लिएका हुन्। उनले युएईका मोहम्मद उस्मानलाई आउट गराएका हुन्। सोही ओभरमा बोहोराले मोहम्मद वासिमलाई आउट गराए । १७.१ ओभरमा जितेन्द्र मुखियाले अर्को विकेट लिए ।

त्यस्तै, १८ ओभरमा मुखियाको बलमा ज्ञानेन्द्र मल्लले जवार फरिडलाई आउट गराएका हुन् । १८.५ ओभरमा बोहोराकै बलिङमा सन्दिप लामिछानेले कासिफ दाउदलाई आउट गराएका थिए ।

युएईले दिएको टार्गेट पुरा गर्न सके नेपाल टी–२० विश्वकपमा स्थान पक्का गर्नेछ भने पराजित भएमा अक्टोबरमा अष्ट्रलियामा आयोजना हुने टी–२० विश्वकप खेल्ने सपना चकनाचुर हुनेछ ।

नेपालले यसअघि सन् २०१४ मा आईसीसी टी–२० विश्वकप खेलेको थियो । झण्डै ९ वर्षपछि नेपाललाई यो अवसर आएको हो । नेपालले सन् २०१२ मा युएईमा विश्वकप छनोट खेलेको थियो । त्यतिबेला छनोट हुन सकेन । यसैगरी, सन् २०१३ को विश्वकप छनोटमा भने नेपाल तेस्रो हुँदै सन् २०१४ मा विश्वकपमा पुगेको थियो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested