English

सबैभन्दा धेरै माइलेज दिने सुजुकीको सेलेरियो कार सार्वजनिक



सुजुकी कम्पनीले ‘सुजुकी सेलेरियो’ कार सार्वजनिक गरेको छ । आज (मंगलबार) सिजी मोटोकर्पको ललितपुरका लागि आधिकारिक विक्रेता नारायणी अटो विजनेशमा सबैभन्दा धेरै इन्धन प्रभावकारी कार सलेरियोको नयाँ मोडल सार्वजनिक गरिएको हो ।

विजनेशकी अध्यक्ष निलम बराल र महाप्रवन्धक तथा प्रमुख कार्यकारी अधिकृत अनुपकुमार बरालले सेलेरियोको नयाँ स्वरुपलाई सार्वजनिक गरेका हुन् । कार्यक्रममा उपस्थित अतिथिलाई स्वागत गर्दै बरालले सेलेरियोको गुण र विशेषताका बारेमा जानकारी गराएका थिए ।

नयाँ सेलेरियोमा अतुलनीय ड्राइभिङ अनुभव, नयाँ थ्रीडी अर्गानिक स्कल्प्टेड डिजाइन, फर्स्ट–इन–सेगमेन्ट सुरक्षा लगायतका विशेषता रहेको बरालले जानकारी दिए । ‘सेलेरियो नेपाली बजारमा निकै रुचाइएको पारिवारिक सवारी हो,’ उनले भने, ‘न्यु जेनेरेसन सेलेरियोमा अझै धेरै माइलेज, बिना सम्झौताको सुरक्षा र सुविधाजनक फिचर रहेको छ साथै यसको नयाँ डिजाइनले ग्राहकलाई आकर्षित र उत्साहित गर्नेमा ढुक्क छौँ ।’

नयाँ सेलेरियोले थ्रीडी अर्गानिक स्कल्प्ड डिजाइनका साथै गतिशील स्ट्यान्स प्रदान गर्ने उनले बताए । साथै, स्टाइलिस थ्रीडी अर्गानिक स्कल्प्ड डिजाइनले बजारमा कम्प्याक्ट ह्याचब्याक खण्डलाई पुनः परिभाषित गर्ने सिजी मोटोकर्प सेल्स एन्ड मार्केटिङका महाप्रबन्धक सिराज पन्तले जानकारी दिए ।

यसैगरी, नयाँ सेलेरियोलाई आरामका लागि ऊर्जावान् र फराकिलो केबिनको पनि डिजाइन गरिएको जनाइएको छ । स्वीपिङ क्यारेक्टर लाइनहरू र अर्गानिक स्कल्प्टेड थ्रीडी इन्स्टुमेन्ट प्यानलले नयाँ सेलेरियोलाई फरक अनुभूति दिन खोजेको छ । उज्यालो क्रोम एक्सेन्टसहितको ट्विन स्लट सेन्टर, एसी भेन्टिलेसन, बोल्ड ब्यारेल–थिम साइड एयर भेन्ट्सले भित्री डिजाइनलाई थप आकर्षक बनाएको कम्पनीले जनाएको छ ।

सुजुकीको एडभान्स हार्टटेक्ट प्लेटफर्ममा बनेको नयाँ सेलेरियोले अत्यधिक सुरक्षा प्रदान गर्ने कम्पनीको दाबी छ । त्यस्तै, सेलेरियोमा रमाइलो र आरामदायी यात्रा अनुभवका लागि सात इन्चको स्मार्ट प्ले स्टुडियो इन्फोटेनमेन्ट सिस्टमसमेत जडान गरिएको छ । यसका अतिरिक्त फस्र्ट इन सेगमेन्ट इन्जिन पुस स्टार्ट, पोलेन टाइप एसी फिल्टर जस्ता नयाँ सुविधाहरू पनि ल्याइएको जनाइएको छ ।

सेलेरियोको मूल्य २७ लाख ९९ हजारदेखि ३१ लाख ९९ हजार रुपियाँसम्म पर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सेलेरिया भीएक्सआईको मूल्य २७ लाख ९९ हजार रुपियाँ छ । यस्तै, सेलेरियो जेटएक्सआईको मूल्य २९ लाख ९९ हजार र सेलेरियो जेटएक्सआई प्लसको मूल्य ३१ लाख ९९ हजार रुपियाँ तोकिएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

विगत आठ वर्षदेखि सञ्चालन हुँदै आइरहेको यस सृजना सूत्रले विभिन्न क्षेत्रमा रोजगार सृजना गर्दै आइरहेको छ। पाँच हजार भन्दा पनि

काठमाडौं । कानुनी संरचनाको दृष्टिले हेर्दा नेपाल राष्ट्र बैंक आज पनि स्वायत्त निकायकै रूपमा परिभाषित छ। तर व्यवस्थाको व्यवहारिक धरातलमा

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

Latest










Popular
Suggested