English

एसएसबीले महाकालीको तुइन हटायो



भारतीय सीमा सुरक्षा बल एसएसबीले दार्चुलाको व्यास गाउँपालिका क्षेत्रमा महाकाली नदीमाथि लगाइएका तुइनहरू हटाएको छ । विगत तीन दिनदेखि तुइन लगाएको क्षेत्रमा एसएसबीले दैनिकरूपमा ड्युटी गर्न थालेको व्यास गाउँपालिका-४ का स्थानीय एवम् वडा सदस्य प्रेमसिंह धामीले जानकारी दिए ।

दार्चुला सदरमुकाम खलंगा बजार आवतजावत गर्न व्यासका स्थानीयले महाकाली नदीमाथि तुइन तरेर भारतीय सडकको प्रयोग गर्ने गरेका छन् । नेपालतर्फ राम्रो सडक नहुदाँ भारतीय बाटो प्रयोग गर्न स्थानीयहरू बाध्य रहेको वडा सदस्य धामीको भनाइ छ ।

‘नेपालको बाटो भएर सदरमुकाम झर्न एकदिन हिँड्नुपर्छ,’ उनले भने । तत्काल अस्पताल पुर्‍याउनुपर्ने बिरामीदेखि दैनिक उपभोग्य समान किनमेल गर्न भारतको बाटो प्रयोग गर्नुपर्ने अवस्थाले पछिल्लो समय तुइन हटाइँदा समस्या भएको छ ।

मलघट्टेको पुल निर्माण सम्पन्न भएकाले जनताको सहजताका लागि सञ्चालनमा ल्याइनुपर्ने उनको भनाइ छ । केही व्यक्तिहरू गेट बन्द गरिएको पुलबाट हाम फालेर आवतजावत गरिरहेकाले यसले झन दुर्घटनाको जोखिम निम्त्याएको छ ।

दार्चुलाको महाकाली नदीमा तुइनमुक्त कार्यक्रमअन्तर्गत चारवटा सीमापुल निर्माण भइरहेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए । चारपुल मध्ये दुई पुल निर्माण सम्पन्न हुन बाकिँ छन् । पुलहरू प्याकेजमा सञ्चालन गरिने भएकाले निर्माण सम्पन्न भएपनि सञ्चालन गर्न नसकिएको उनको भनाइ छ ।

एक प्याकेजमा मालिकार्जुन गाउँपालिकाको बाकु पुल र बडुगाउँ पुल तथा अर्को प्याकेजमा व्यास गाउँपालिका-२ मा निर्माण भइरहेको भारतको गस्कु र नेपालको माल जोड्ने पुल तथा मलघट्टे पुल रहेका छन् । एउटै प्याकेजमा रहेकापुलहरू निर्माण सम्पन्न भएपछिसँगै सञ्चालनमा आउने प्रमुख जिल्ला अधिकारी उपाध्यायको भनाइ छ ।

बडूगाउँ पुल निर्माण सम्पन्न भएपनि बाकुँ पुल निर्माण सम्पन्न हुन बाँकी छ । त्यसैगरी मलघट्टेको पुल निर्माण सम्पन्न भएपनि मालको पुल निर्माणधिन अवस्थामा रहेकाले सीमापुलहरू सञ्चालन हुन केही समय पर्खिनुपर्ने अवस्था छ ।

एसएसबीले तुइन हटाएको विषयमा आफू जानकार नभएपनि तुइन हटाइनुपर्ने प्रमुख जिल्ला अधिकारी उपाध्यायको भनाइ छ । ‘तुइन जोखिम र असुरक्षित भएकाले हटाइनुपर्छ, तर हाल एसएसबीले तुइन हटाएको विषयमा जानकार छैन’ उनले भने ।

यो पनि
पशुपतिमा महाशिवरात्रिको तयारी तीव्र, साधुसन्तको चहलपहल बढ्यो



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

Latest










Popular
Suggested