English

बैतडीमा टिप्पर दुर्घटना, चारजनाको मृत्यु



बैतडीको पाटन नगरपालिका-३ झालीमालीमा सोमबार टिप्पर दुर्घटना हुँदा तीन जना विद्यार्थीसहित चार जनाको मृत्यु भएको छ ।

पाटन-३ मा रहेको सिगास मावि गौरीशंकर पोखरीका विद्यार्थी बोकेर पाटन-३ कै धुरातर्फ काठ लोड गर्न गइरहेको बा३ख ४८७९ नम्बरको टिप्पर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा पाटन ३ का ४५ वर्षीय जनक राज पन्त, सिगास माविमा अध्ययनरत पाटन ३ कै १२ वर्षीय ज्ञानु विष्ट, १७ वर्षीय ललित अवस्थी र १२ वर्षीय राजेशप्रसाद पन्त रहेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख राजेश शाहीले जानकारी दिए ।

दुर्घटनामा परी ४ जना घाइते भएका छन् । वडा नम्बर ३ कै १२ वर्षीय सुनिल भट्ट, १२ वर्षीय अमृत विष्ट, १३ वर्षीय सुदीप पन्त घाइते भएका छन् । टिप्परमा चालकसहित ९ जना सवार रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

साँघुरो सडकका कारण दुर्घटना भएको प्रहरीको अनुमान छ । टिप्पर सडकबाट करिब २ सय मिटर तल खसेको छ । चालक फरार रहेका छन् । घटनास्थलमा खटिएका इलाका प्रहरी कार्यालय पाटनका इन्चार्ज राजेश शाहीका अनुसार टिप्परलाई फर्काउने क्रममा दुर्घटना भएको बुझिएको छ ।

एउटै वडाका तीन जना विद्यार्थीको मृत्यु भएपछि गाउँनै शोकमा डुबेको छ । बिहान पढ्न विद्यालय गएका छोराहरू घर नर्फिएपछि गाउँनै शोकमा डुबेको सिगास माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका डम्बरदत्त पन्तले बताए ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले धरानलाईन, इटहरी र लायन्सचोक, नारायणगढमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । यी सर्भिस सेन्टरहरु

Latest










Popular
Suggested