English

क्यानडाविरुद्ध नेपाल ८ विकेटले विजयी



आईसीसी टी–२० विश्वकप ग्लोबल क्वालिफायरअन्तर्गत समूहको आफ्नो अन्तिम खेलमा नेपालले क्यानडालाई ८ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको क्यानडाले १५ ओभरमा सबै विकेट गुमाएर ८० रन बनाएको थियो । नेपालले २ विकेट खर्चेर १४‍.१ ओभरमै उक्त लक्ष्य हासिल गरेकाे हाे ।

नेपालको जितमा ओपनर कुशल भुर्तेलले नटआउट ३४ रन र दीपेन्द्रसिंह ऐरीले नटआउट २७ रन जोडे । नेपालका ओपनिङ ब्याट्सम्यान आसिफ शेख १७ रनमा आउट हुँदा कुशल मल्ल गोल्डेन डकआउट भएका थिए ।

ओमानको अल अमेरत क्रिकेट मैदानमा भएको खेलमा क्यानडालाई जितेसँगै नेपालले सेमिफाइनलको यात्रा तय गरेको छ ।समूह ‘बी’बाट समूह विजेता बनेको नेपालले अब फाइनलमा प्रवेश गर्नका लागि युएईसँग खेल्नेछ । युएई समूह ‘ए’ बाट सेमिफाइनलमा पुगेको हो ।

नेपालले क्यानडासामू उत्कृष्ट प्रदर्शन गरेकाे थियाे । पहिलो ओभरमै कमलसिंह ऐरीले क्यानडाका म्याथ्यु स्पोर्सलाई खाता खोल्ने मौका नै नदिई कुशल भुर्तेलको हातबाट क्याच आउट गराएका थिए । यसैगरी, पाँचौ ओभरमा ऐरीले नै नवजीत धालिवाललाई १८ रनको स्कोरमा लोकश बमबाट क्याच आउट गराएका थिए । साथै, सोही ओभरमा अविनाश बोहराले रविन्दर पाललाई आशिफ सेखबाट क्याचआउट गराए ।

त्यस्तै, सातौं ओभरमा सन्दीप लामिछानेले हम्जा तारिकलाई १ रनमा एलबिडल्लूको धरापमा पारेका थिए । नवौं ओभरमा करिम सनालाई पनि सन्दीपले नै कुशल मल्लबाट क्याच गराए ।कप्तान सन्दीपले व्यक्तिगत ३ विकेट लिने क्रममा एघारौं ओभरमा जुनइद सिद्धिकीलाई २ रनमा आरिफ शेखबाट क्याच गराए। अभिनासले अन्तिम विकेटको रुपमा सलमान नजरलाई १० रनमा आउट गरेका थिए ।

नेपालले समूहको पहिलो खेलमा घरेलु टिम ओमानमाथि ३९ रनको जित निकालेको थियो । त्यस्तै, दोस्रो खेलमा नेपालले फिलिपिन्सलाई १३६ रनको फराकिलो अन्तरले हराएकाे थियो । अब दोस्रो सेमिफाइनल खेल ओमान र आयरल्याण्डबीच हुनेछ । समूह ‘बी’ मा क्यानडा बाहिरिँदा फिलिपिन्समाथि १० विकेटको जितसँगै ओमान ४ अंकसहित उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको हो ।

आयरल्याण्ड समूह ‘ए’ बाट विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । दुवै सेमिफाइनल खेल मंगलबार हुनेछ । एकै समयमा हुने खेल नेपाली समयअनुसार अपराह्न ३ः४५ बजेपछि सुरु हुनेछ । 



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested