English

रुसले युक्रेनको सीमाबाट फिर्ता गर्‍यो सेना



रसियाले सैन्य अभ्यास सम्पन्न गरेपछि युक्रेनको सीमामा रहेका आफ्ना केही सेनालाई सैन्य अखडामा फिर्ता गर्ने घोषणा गरेको छ । रसियाको पछिल्लो कदमलाई पश्चिमी राष्ट्रहरूसँगको संकटको समयमा सम्भावित द्वन्द्व घट्ने संकेतको रूपमा लिइएको छ ।

युक्रेनसँगको सीमामा रसियाले १ लाख भन्दा बढी सेना परिचालन गरेसँगै रसिया र पश्चिमा देशहरू आपसमा द्वन्द्वमा छन् । सीमामा अखडा बनाएर सेना तैनाथ गर्नु रसियाको अतिक्रमण योजना भएको अमेरिका र अमेरिकी नेतृत्वको सैन्य गठबन्धन नेटोले आरोप लगाउँदै आएको छ । तर, सो आरोपलाई अमेरिकी राष्ट्रपति भ्लादिमिर पुटिनले अस्वीकार गर्दै आएका छन् ।

मंगलबार मात्र रसियाको रक्षा मन्त्रालयका प्रवक्ताले युक्रेन नजिक परिचालन भएको केही फौजले आफ्नो अभ्यास पुरा गरेको र सीमा छोड्न आफ्ना सामान प्याक अप गरेको बताएका थिए ।

‘आफ्नो कार्यहरू पूरा गरिसकेपछि दक्षिणी र पश्चिमी सैन्य जिल्लाका एकाइहरूले रेल र सडक यातायातमा लोड गर्न थालिसकेका छन् र आज तिनीहरू आफ्ना सैन्य आधारहरुमा जान थाल्नेछन्,’ रक्षा मन्त्रालयका प्रवक्ता इगोर कोनासेन्कोभले रसियाली समाचार संस्थाहरूसँग भने ।

रसियाले आज अर्थात १६ फेब्रुबरीमा रसियाले युक्रेनमा अतिक्रमण गर्ने अमेरिकी राष्ट्रपति जोन बाइडेनको दाबी छ । यसबारे उनले आफ्ना गठबन्धन देशहरुलाई पनि जानाकारी गराउँदै आएका छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

पृथ्वी जयन्तिको अवसर पारेर अष्ट्रेलियाका नेपालीहरूले पृथ्वी जयन्ती एवम् ‘अन्तर्राष्ट्रिय नेपाली दिवस’ मनाएका छन्। अष्ट्रेलियाका सिड्नी, क्यानबेरा, एडिलेड, ब्रिजबेन लगायत

विश्वव्यापी विकासका बहसहरू प्रायः राष्ट्र-राज्य, ठूला लगानीकर्ता र अन्तर्राष्ट्रिय संस्थाहरूको वरिपरि मात्र घुमिरहन्छन्। तर पछिल्ला वर्षहरूमा एउटा महत्त्वपूर्ण सत्य क्रमशः

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

काठमाडौं । विश्वप्रसिद्ध प्राविधिक कम्पनी शाओमीले दुई नयाँ आकर्षक मोडल — रेडमी १५ र रेडमी १५C नेपालमा सार्वजनिक गरेको छ

Latest










Popular
Suggested