English

गायिकाद्वय अस्मिता र रीतालाई सन्त राजभण्डारीको आर्थिक सहयोग हस्तान्तरण



लोकदोहोरी गायिकाद्वय अस्मिता डल्लाकोटीरीता रावतलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । नेपाली कम्युनिटी नेटवर्क क्यानडा (एनसीएनसी) का अध्यक्ष तथा एनआरएन क्यानडाका आईसीसी सदस्य सन्त राजभण्डारीद्वारा पठाइएको जनही १०–१० हजार रुपियाँ गायिका सुनिता दुलाल र गायक चिज गुरुङले हस्तान्तरण गरेका हुन् ।

दुई दशकभन्दा बढी समयदेखि क्यानडामा बस्दै आएका भण्डारीले नेपाली गीत संगीत तथा कला संस्कृतिको संरक्षण तथा संवद्र्धनका लागि योगदान पुर्याउँदै आएका छन् । साथै, लोकदोहोरी क्षेत्रका चर्चित गायक–गायिकालाई क्यानडाका विभिन्न सांगीतिक कार्यक्रममा सहभागी गराउने पहल उनले नै शुरू गरेको गायिका दुलालले प्रष्ट पारिन् ।

‘उहाँले नेपाली कलाकारहरूलाई असाध्यै माया गर्नुहुन्छ,’ उनले भनिन्, ‘क्यानडामा सांगीतिक कार्यक्रमको आयोजना गरेर आफ्नै पहलमा नेपाली कलाकारलाई लगिरहनुभएको छ । साथै, नयाँ प्रतिभालाई पनि हौसला बढाउन उहाँको अतुलनीय योगदानलाई सम्मान छ ।’

सहयोग रकम बुझ्दै गायिका डल्लाकोटीले सन्तराजलाई धन्यवाद व्यक्त गरिन् । ‘यो सहयोगले ठूलो हौसला मिलेको छ,’ उनले भनिन्, ‘आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गर्दछौँ ।’ यसैगरी, गायिका रावतले यस्तो माया र सहयोगले सांगीतिक क्षेत्रलाई निरन्तरता दिन बल पुर्याउने बताइन् । ‘हाम्रो कला र गलालाई सम्मान गरेर सहयोग गर्नुभएकोमा सन्तराज सरलाई धेरै धेरै धन्यवाद,’ उनले भनिन्, ‘तपाईंको सहयोगले हामीलाई हौसला मिलेको छ ।’

साथै, सन्त र उनकी पत्नी ज्योतिले पोखराकी एक असहाय महिला गौरिशा नेपालीलाई ३० हजार रुपियाँ सहयोग गरेका छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं : ९० भन्दा बढी देशका १,००० भन्दा बढी विद्यालयहरुलाई सहयोग गर्दै आएको विश्वव्यापी संस्था इन्टरनेशनल करिकुलम एसोसिएसन (आईसीए) ले

काठमाण्डौं /नेपाली सांगीतिक बजारमा नयाँ गीत ‘अमेरिकामा माया’ सार्वजनिक भएको छ। लोकप्रिय गायिका मेलिना राई र गायक उत्तमजंग लिम्बु को

काठमाडौँ : अल–न्यू अपग्रेडेड बजाज डोमिनार ४०० को लन्च कार्यक्रम फागुन १ मा बाइकर्स क्याफेमा सफलतापूर्वक सम्पन्न भएको छ। उक्त

महाशिवरात्रिको अवसरमा लोकप्रिय गायिका रुचि घिमिरे र गायक दीपक रमणले शिव भजन ‘‘जय भोलेबाबा’को भिडियो सार्वजनिक गरेका छन् । भगवान

Latest










Popular
Suggested