English

क्रिप्टोकरेन्सी कारोबारमा नलाग्न राष्ट्र बैंकको आग्रह



नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीको कारोबारमा सहभागी नहुँन आग्रह गरेको छ ।

छोटो अवधिमा उच्च प्रतिफल आउने प्रलोभनमा परी क्रिप्टोकरेन्सीको प्रयोग, यससँग सम्बन्धित लगानी र नेटवर्क मार्केटिङ व्यवसायमा आवद्ध हुँदा आफ्नो लगानी डुब्ने उच्च जोखिम हुनाको साथै कानुनी समस्या आउन सक्ने भन्दै केन्द्रीय बैंकले सर्वसाधारणलाई सचेत गराएको छ ।

क्रिप्टोकरेन्सीसम्बन्धी जानकारी दिन मंगलबार गर्भनरको कार्यालयले सूचना जारी गरी गरेको हो । बैंकले स्वदेश तथा विदेशमा रहेका नेपाली क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न भएको पाइएको जनाएको छ ।

‘छोटो अवधिमा उच्च प्रतिफल आउने प्रलोभनमा परी क्रिप्टोकरेन्सीको प्रयोग, यससँग सम्बन्धित लगानी र नेटवर्क मार्केटिङ व्यवसायमा आवद्ध हुँदा आफ्नो लगानी डुब्ने उच्च जोखिम हुने तथा कानूनी झन्झट आउन सक्ने भएकाले यस्ता कारोबार तथा व्यवसायमा संलग्न नहुन स्वदेश तथा विदेशमा बस्ने नेपालीलाई सचेत हुन आग्रह गरिन्छ’ सूचनामा भनिएको छ ।

यस्तो कारोबारले पुँजी पलायन हुन सक्ने र विदेशमा रहेका नेपालीबाट नेपाल आउन सक्ने विप्रेषण विदेशमै लगानी हुन सक्ने भएकोले विदेशी मुद्राको सञ्चितिमा समेत नकारात्मक प्रभाव पर्न सक्ने बैंकले जनाएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौं : टेलिटकले नेपाली बजारमा एम८ सिरिजका दुई स्मार्टफोनहरु सार्वजनिक गरेको छ । उत्कृष्ट कार्यसम्पादन, सहज प्रयोग अनुभव तथा आधुनिक

काठमाडौंः नेपाल मर्चेन्ट बैंकर्स संघ (MBAN) का कार्यसमिति सदस्यहरूले आज नेपाल धितोपत्र बोर्ड (SEBON) का नवनियुक्त अध्यक्ष डा. गोपाल प्रसाद

Latest










Popular
Suggested