English

इन्जिन भाडामा लिएर जहाज उडाउने निगमको तयारी



नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले इन्जिनमा समस्या आएर कतारको दोहामा ग्राउण्डेड न्यारो बडी ए-३२० जहाजलाई भाडामा लिएर उडाउने भएको छ ।

निगमको उक्त जहाज २८ डिसेम्बर २०२१ मा काठमाडौं दोहा नियमित उडानमा सुरक्षित अवतरण पश्चात् पार्किङ गर्ने क्रममा जहाजको एउटा इन्जिनमा प्राविधिक समस्या देखिएको थियो ।

नेपाल एयरलाइन्सका अनुसार दोहास्थित कतार एयरवेजका इन्जिनियरले जहाजको निरीक्षण गर्दा बाँया तर्फको इन्जिनमा आन्तरिक खराबी पहिचान भएको थियो । इन्जिन फेर्नुर्ने प्राथमिक राय प्राप्त भएअनुरुप निगम व्यवस्थापनले जहाजलाई थथासक्दो छिटो उडानयोग्य अवस्थामा ल्याउन इन्जिन भाडामा लिन लागेको हो ।

प्राविधिक प्रतिवेदनको आधारमा निगमको नियम बमोजिम इन्जिन भाडामा लिने प्रयोजनका निम्ति ९ जनवरी २०२२ मा आरएफपी आह्वान गरिएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ ।

इच्छुक कम्पनीबाट प्रस्ताव प्राप्त गरी उक्त प्रस्ताव मूल्यङ्कनको आधामारमा बोलपत्रबाट एमटीयू मेन्टिनेन्स लेन्स सर्भिसबाट छनोट गरी इन्जिन भाडामा लिइने प्रक्रिया अगाडि बढाइएको र उक्त समस्याग्रस्त इन्जिनको मर्मतका लागि निगमले २४ जनवरी २०२२ मा बोलपत्र आह्वान गरिसकेको उल्लेख गरेको छ ।

निगमको आन्तर्राष्ट्रिय उडानका लागि दुई थान वाईड बडी र दुई थान न्यारो बडी जहाज छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

Latest










Popular
Suggested