English

साबुन उद्योगमा आगलागी हुँदा ५० लाखको क्षति



राजविराज नगरपालिका वडा नं.७ मा संचालित छिन्नमस्ता साबुन उद्योगमा मंगलबार आगलागी हुँदा ५० लाख बराबरको क्षति भएको छ।

सप्तरी बोदेबरसाईन नगरपालिका-३ बस्ने सुनिल कुमार साह र सोही ठाउँ बस्ने प्रमोद कुमार साहले संयुक्त रूपमा संचालन गर्दै आएको साबुन फ्याक्ट्रीमा विद्युतीय लाइन सर्ट भई आगलागि भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिएका छन्।

आगलागीबाट साबुन उद्योगमा रहेको १२ सय काटुन तयारी कपडा धुने साबुन र १ हजार बोरा तयारी सर्फलगायत सामाग्री पूर्ण रूपमा जलेर नष्ट भएपछि ५० लाख बराबरको क्षति भएको हो।

प्रहरी,स्थानिय सर्वसाधारण,तालिम केन्द्र राजविराज सप्तरीको दमकल, राजविराज नगरपालीको दमकलको संयुक्त पहलमा आगोलाई नियन्त्रणमा लिईएको थियो।



सम्बन्धित खबरहरु

क्रिकेटलाई भागबन्डा होइन, संरक्षण चाहिएको बेला हो यो । एनपिएलको उद्घाटन समारोहमा फ्लड लाइट बल्दै गर्दा पारस खड्काका आँखा रसाए।

हिन्दूहरुको दोस्रो महान पर्व तिहार । यस पर्वमा काग, कुकुर, गाई, गोरु र दाजुभाईको पूजा गरी पाँच दिन मनाइन्छ ।

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो

म्यानचेस्टर युनाइटेडप्रतिको प्रेमलाई संसारकै सर्वोच्च स्थानमा पुर्याउँदै, हङकङमा बसोबास गर्ने नेपाली समर्थक राज गुरुङले यसै वर्ष सगरमाथाको सफल आरोहण गरेका

Latest










Popular
Suggested