English

बजारमा म्याद गुज्रेका खाद्यवस्तु छ्यापछ्याप्ती



तेह्रथुम जिल्लाको छथर शुक्रबारे बजारमा म्याद गुज्रेका खाद्यवस्तु छ्यापछ्याप्ती पाइएको छ। सहायक प्रमुख जिल्ला अधिकारी गणेश न्यौपानेको नेतृत्वमा गरिएको अनुगमनमा म्याद गुज्रेका खाद्यवस्तु छ्यापछ्याप्ती पाइएको हो।

मंगलबार गरिएको अनुगमनमा तेत्तीस हजार ४ सय ७० रुपैयाँ बराबरको खाद्यवस्तु बरामद गरी जलाइएको जिल्ला प्रशासन कार्यालय तेह्रथुमले जनाएको छ।

बजार क्षेत्रमा रहेका किसान, होटेल, मासु पसल तथा औषधि पसलहरूमा अनुगमन गरिएको थियो। अनुगमनको क्रममा दर्ता नभएका पसल तथा व्यवसायलाई दर्ता गरी सञ्चालन गर्नसमेत सुझाइएको थियो।

इजाजत भएकालाई समयमा नवीकरण गर्न र इजाजत नभएका व्यवसायलाई तत्काल इजाजत लिएर मात्र सञ्चालन गर्न आग्रह गरिएको छ। जिल्ला प्रशासन कार्यालय तेह्रथुम,घरेलु तथा साना उद्योग कार्यालय तेह्रथुम,जिल्ला स्वास्थ्य कार्यालय, कोष तथा नियन्त्रण कार्यालय र शुक्रबारे प्रहरीचौकीको संयुक्त टोलीले बजार अनुगमन गरेको थियो।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

Latest










Popular
Suggested