English

कक्षाकोठामा ज्ञानगुनका कुरा सिकाउने शिक्षक मौरीपालनमा रमाउँदै



केटाकेटीलाई कक्षाकोठामा ज्ञानगुनका कुरा सिकाउने बागलुङका चुर्णबहादुर रानाको दिनचर्या हिजोआज मौरी स्याहर्दैमा बित्छ। ४० वर्षको शिक्षण पेशापछि उनको सेवानिवृत्त जीवन मौरीपालनमा बितिरहेको छ।

चाहेको भए रानाले जागिरपछिको जीवन फुर्सद र आराममा पनि बिताउन सक्थे। नपुग्दो केही थिएन। गाउँमा पूर्वशिक्षकको मानमनितो छँदै थियो। तर ६१ वर्षीय उनले त्यो बाटो रोजेनन्। बिनाइलम समय खेर फाल्न रानाको मनले मानेन।

जैमिनी नगरपालिका-७ जैदी, बोरका रानाले घरमा पहिले रहेका एक-दुई घार मौरीलाई व्यावसायिक रूप दिने योजना बनाए। विसं २०६२ तिर उनले तीन हजार ५०० तिरेर छिस्तीबाट एक घार मौरी ल्याएका थिए। विसं २०७४ पछि मात्र रानाले मौरीपालन विस्तार गरे। अहिले उनकोमा ४५ घार मौरी छन्। आउँदो वर्षभित्र सय घार पुर्‍याउने रानाको लक्ष्य छ।

गाउँघरको महमा मिसावट नहुने र स्वास्थ्यबर्द्धक मानिने हुँदा ग्राहकको रोजाइमा पर्छ। रानाले मह बेचेर वर्षमा डेढ लाख जति आम्दानी हुने गरेको बताए। सय घार पुर्‍याउँदा कमाइ दोब्बरले बढ्ने उनको भनाइ छ।

‘विसं २०७० बाट घार थप्दै आएँ, व्यावसायिकरूपमा गर्न थालेको यस्तै तीन-चार वर्षजति भयो’,रानाले भने। उनले ‘फार्म’को व्यावसायिक नाम ‘कृषि तथा दीप मौरीपालन’दिएका छन्। रानाले गएको याममा ५२ किलो मह बेचेको सुनाए। कात्तिक-मंसिर र वैशाख-जेठ गरी दुई याममा मह काढ्नछन् उनी। प्रतिकिलो रु एक हजार २०० मा घरबाटै मह बिक्री हुने गरेको रानाको भनाइ छ।

‘मह गाउँमै खोसाखोस हुन्छ, उत्पादन गर्न सके बिक्रीको कुनै समस्या छैन’, रानाले भने। गाउँघरको महमा मिसावट नहुने र स्वास्थ्यबर्द्धक मानिने हुँदा ग्राहकको रोजाइमा पर्छ। रानाले मह बेचेर वर्षमा डेढ लाख जति आम्दानी हुने गरेको बताए। सय घार पुर्‍याउँदा कमाइ दोब्बरले बढ्ने उनको भनाइ छ। गत वर्ष कृषि ज्ञान केन्द्रबाट रानाको ‘फार्म’ले एक लाख ४६ हजार अनुदानसमेत पाएको थियो। सो अनुदानबाट व्यवसाय बढाएको रानाले बताए।

‘अनुदान र प्राविधिक सहयोग पाएमा मौरीपालन व्यवसाय बढाउँदै लाने सोचमा छु’, उनले भने, ‘कम लगानीले पुग्ने, समय पनि धेरै दिनु नपर्ने हुँदा मौरीपालन सहज छ, व्यावसायिक हुन सके आम्दानी पनि राम्रो छ।’ विसं २०७७ असारमा शिक्षण पेशाबाट अनिवार्य अवकाश लिएपछि आफूले पूरै समय मौरीपालनमा दिन पाएको रानाले बताए। सुरुआतमा उनका कान्छा छोरा दीपेनले मौरीपालनमा रानालाई बढी सघाउथे। पछि छोरा दीपेन पनि भारतीय सेनामा भर्ती भएपछि व्यवसायको मुख्य भार रानामाथि नै छ।

कम लागत र व्यवस्थापनमा राम्रो आम्दानी हुने भएपछि किसान मौरीपालन व्यवसायतिर आकर्षित छन्।

श्रीमती मायाको उनलाई दरिलो साथ छ। अरू छोराछोरी पनि रोजगारी र पढाइमा घर बाहिर छन्। कुराकानीका क्रममा रानाले आफू पाँच वर्षको छँदा भएको अप्रिय घटना पनि सम्झन पुगे। उनको अहिले बायाँ हात छैन। शारीरिक अपाङ्गतासँग पनि राना जुँधिरहेका छन्।

घरमै खेल्ने क्रममा जाँतोमा थिचिएर हात गुमाउनुपरेको रानाले सुनाए। शारीरिक जटिलताबीच पनि शिक्षण पेशामार्फत उनले चार दशक समाजको सेवा गरे। पेशाबाट निस्कँदा पनि उनले आफ्नो आँट र साहसलाई कायमै राखे।

विसं २०३७ देखि २०७७ सम्म गाउँकै भगवती प्राविमा उनले अध्यापन गरे। स्थानीय स्रोतको शिक्षक हुँदै २०४१ मा अस्थायी र २०४८ मा स्थायी भएर गत वर्ष उमेरहदका कारण रानाले अनिवार्य अवकाश पाएका हुन्। ‘अपाङ्गता भए पनि मौरीको रेखदेख, स्याहारसुसार म आफैं गर्छु, ठूलो काम पर्दा मात्र ज्यालादारीमा कामदार लगाउने गरेको छु’, रानाले भने, ‘शिक्षणपछि मेरो रुचिको पेशा मौरीपालन भएको छ, यसमै रमाइरहेको छु।’

मौरीपालनको पकेट जैदीमा दर्जनौँ किसान त्यस पेशामा छन्। बोर नजिकै धुल्लुगाउँका मोहराज उपाध्यायको मौरीपालन उद्योग जिल्लाकै ‘व्यावसायिक नमूना फार्म’ले चिनिन्छ। उद्योगमा २०० घार मौरी छन्। उपाध्यायले मह बेचेर वार्षिक रु १० लाख बढी कमाउँछन्। कृषि ज्ञान केन्द्रका अनुसार जैदीसहित छिस्ती, धुल्लुबास्कोट, कुश्मीसेरा, भकुण्डे, पाला, रेश, मालिका, दगातुम्डाँडा, मल्म, दुदिलाभाटी, हटियालगायत मौरीपालनका लागि पकेट क्षेत्रमा पर्छन्।

कम लागत र व्यवस्थापनमा राम्रो आम्दानी हुने भएपछि किसान मौरीपालन व्यवसायतिर आकर्षित छन्। जिल्लामा सेरेना प्रजातिको मौरीपालन हुने गरेको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं : ९० भन्दा बढी देशका १,००० भन्दा बढी विद्यालयहरुलाई सहयोग गर्दै आएको विश्वव्यापी संस्था इन्टरनेशनल करिकुलम एसोसिएसन (आईसीए) ले

काठमाण्डौं /नेपाली सांगीतिक बजारमा नयाँ गीत ‘अमेरिकामा माया’ सार्वजनिक भएको छ। लोकप्रिय गायिका मेलिना राई र गायक उत्तमजंग लिम्बु को

काठमाडौँ : अल–न्यू अपग्रेडेड बजाज डोमिनार ४०० को लन्च कार्यक्रम फागुन १ मा बाइकर्स क्याफेमा सफलतापूर्वक सम्पन्न भएको छ। उक्त

महाशिवरात्रिको अवसरमा लोकप्रिय गायिका रुचि घिमिरे र गायक दीपक रमणले शिव भजन ‘‘जय भोलेबाबा’को भिडियो सार्वजनिक गरेका छन् । भगवान

Latest










Popular
Suggested