English

गर्मीमा शीतल गर्ने कपडाहरू



गर्मी सिजनमा पहिरनको सही छनौट गर्न सकिएन भने लगाउँदा असहज हुनुका साथै छालामा समेत समस्याहरू देखा पर्छ । गर्मी मौसममा लुगाहरू लगाउँदा बाहिरी तापबाट शीतल गर्ने कपडाहरू छनौट गर्नुपर्छ ।

गर्मी सिजनमा कस्तो कपडा छनौट गर्ने ? कुन कपडा यो सिजनका लागि राम्रो हुन्छ ? जस्ता विषयमा सबैको चासो रहने गरेको छ ।

कटन

कपासबाट निर्माण भएका कपडा सर्वाधिक लोकप्रिय मानिन्छ । अहिले कृत्रिम कपासबाट बनेका कपडाहरू पनि बजारमा पाइन्छ । अहिले शुद्ध कपासका कपडा पाउन गाह्रो हुन्छ । कपासबाट निर्मित कपडा गर्मी मौसमका लागि एकदमै राम्रो मानिन्छ । तपाईँले गर्मी मौसममा लगाउने कपडाको छनौट गर्दै हुनुहुन्छ भने कपासबाट बनेको कटनको कपडाको छनौट गर्नुहोस् । यसले तपाईँलाई गर्मीमा सहज र शीतलताको अनुभूति गराउँछ ।

लिनन

लिनन कपास वाट निर्मित कपडा पछि गर्मीमा बढी लगाइनेमा पर्छ । यो कपडाले शरीरबाट निस्कने पसिनालाई सोस्छ । यसलाई पार्टी वेयर देखि औपचारिक र क्याजुयल अवसरमा लगाउन सकिन्छ । तपाईँले गर्मीमा आफ्नो स्टाइल र डिजाइनमा यस कपडाको छनौट गर्न सक्नु हुन्छ ।

रेसमको कपडा सबैभन्दा महँगो मानिन्छ । यो कपडा भव्यता र लगाउँदा आरामदायी हुने हुनाले राम्रो मानिन्छ । इतिहासमा रेसमका कपडाहरू राजा–महाराजाले प्रयोग गरेको पाइन्छ ।

चम्ब्रे

चम्ब्रे पातलो र हल्का प्रकारको कपडा हो । चब्रेले ट्राउजर, ज्याकेट, टप्स र सर्टहरू हुने गर्छ । गर्मीमा डेनिम प्रेमीहरूका लागि चब्रे अर्को विकल्प हुन सक्छ । यसबाट बनेको ट्राउजर गर्मीमा प्रयोग गर्न एकदमै उपयोगी र सहज हुन्छ ।

खादी

सुती र रेसमको कपडाबाट तयार पारिन्छ, खादी । यो सांस्कृतिक पोसाकको रूपमा लोकप्रिय छ । खादीको कपडा गर्मीको लागि एकदमै राम्रो मानिन्छ । यो कपडाले शरीरबाट निस्किएको पसिना सोस्छ, यसकारण यो कपडा गर्मीमा लगाउँदा राम्रो मानिन्छ ।

रेसम

रेसमको कपडा सबैभन्दा महँगो मानिन्छ । यो कपडा भव्यता र लगाउँदा आरामदायी हुने हुनाले राम्रो मानिन्छ । इतिहासमा रेसमका कपडाहरू राजा–महाराजाले प्रयोग गरेको पाइन्छ । गर्मीको समयमा रेसमको कपडाले शीतल प्रदान गर्दछ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

विगत आठ वर्षदेखि सञ्चालन हुँदै आइरहेको यस सृजना सूत्रले विभिन्न क्षेत्रमा रोजगार सृजना गर्दै आइरहेको छ। पाँच हजार भन्दा पनि

काठमाडौं । कानुनी संरचनाको दृष्टिले हेर्दा नेपाल राष्ट्र बैंक आज पनि स्वायत्त निकायकै रूपमा परिभाषित छ। तर व्यवस्थाको व्यवहारिक धरातलमा

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

नेपालगञ्ज, ११ फागुन : विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नेपालगञ्जको सेतु बिकेचोकमा र दाङको घोराहीस्थित तुलसीपुरचोकमा आधिकारिक सर्भिस सेन्टर उद्घाटन गर्दै

Latest










Popular
Suggested