English

पक्की कुलो शिलान्यासपछि किसान हर्षित



उदयपुरको चौदण्डीगढीमा कृषकका समस्यालाई समाधान गर्न ५७ लाखको कूलो सिंचाइको शिलान्यास भएको छ। चौदण्डीगढी नगरपालिका-४ बसाहास्थित तीन दोभानने मुनी पहरेखोला जलस्रोत कूलो सिंचाइको शिलान्यास मेयर खगेन्द्र राईले गरेका हुन्।

नगरपालिका, प्रदेश सरकार र संघ सरकारको २०/२० प्रतिशतको दरले ३४ लाख ५० हजार ४ सय ८६ र बाँकी बजेट ३० प्रतिशत अर्थात् २२ लाख ९९ हजार ८ सय ३८ रुपैयाँ साना सिंचाई कार्यक्रमअन्तर्गत स्वीज सरकारको लगानी गरेको हो।

सो बजेटमध्ये १० प्रतिशत स्थानीय जनसहभागिता रहनेगरी कुल ५७ लाख ५० हजारको लागतमा पक्की कुलो निर्माण हुन लागेको हो। बसाहा क्षेत्रकै सबैभन्दा पुरानो कूलोको रुपमा चिनिएको उक्त सिंचाइ कूलोको लम्बाई १९ सय मिटरमध्ये १३ सय मटिरमात्र पक्की ढलान हुने छ भने ६ सय मिटर कुलोको स्तरोन्नति गरिने छ।

४० सेन्टिमिटर उचाइ रहने कुलोको चौडाई ५० सेन्टिमिटर रहने इञ्जिनियर सन्तोष शाहले जानकारी दिए। मेयर राईले ६५ प्रतिशत नागरिक कृषिमा आश्रित रहेको बताए। कृषि पेशालाई सम्मान गर्न हिच्किचाएको हाम्रो नेपाली समाज भविष्यको लागि चिन्ताजनक रहेको उनको धारणा थियो।

तीनदोभाने पहरेखोलाको मुहान थापिएको खोला बाह्रैमास पानी बगिरहने खोला हो। उक्त कुलोले बसाहाका १ सय ७० घरपरिवार लाभान्वित हुने बताइएको छ। पक्की कुलो निर्माणको शिलान्यास भएपछि स्थानीय हर्षित भएका छन्। स्थानीय किसान खगेन्द्र शाह भन्छन्, ‘अब खेतबारी बाँझो नुहुने भयो। धेरै अन्नबाली उब्जाउँछौंं। हर्षित छौं।’ सांकेतिक तस्बिर



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

१७ असार, काठमाडौं । काठमाडौंको शहरी जल सुरक्षा सुदृढ बनाउने उद्देश्यका साथ सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण (Artificial Groundwater

Latest










Popular
Suggested