English

माओवादीले तीनै तहको निर्वाचन एकैपटक गर्न वातावरण बनाउने



नेकपा (माओवादी) केन्द्रले तीनै तहको निर्वाचन एकैपटक गर्न वातावरण बनाउने भएको छ।

शनिबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको निवर्तमान स्थायी कमिटी सदस्य तथा आयोगका अध्यक्षहरूको बैठकले स्थानीय तह, प्रदेश र संघीय निर्वाचन एकैपटक गर्नका लागि आवश्यक परामर्श गरेर वातावरण बनाउने निर्णय गरेको हो।

प्रवक्ता कृष्णबहादुर महराले आर्थिक मितव्ययीताका लागि तीनै तहको निर्वाचन एकैपटक गर्नुपर्नेमा आफ्नो पार्टीको धारणा रहेको र यसमा आवश्यक परामर्श गरिने बताए।

‘तीनवटै तहको चुनाव सकेसम्म कम खर्चमा एकैपटक कसरी गर्न सकिन्छ भनेर छलफल गर्ने भन्ने भएको छ। निर्वाचन आयोग, पत्रकार, बुद्धिजीवीहरूको रायअनुसार कानुनविद्सँग छलफल गरेर निष्कर्षमा पुगिने छ,’उनले भने।

यसअघि माओवादी अध्यक्ष प्रचण्डले सत्ता गठबन्धनको बैठकमा वैशाखमा संसदीय चुनाव गरेर संविधानको धारा २२५ अनुसार स्थानीय तहको चुनाव ६ महिनापछि अर्थात मंसिरमा गर्नुपर्ने प्रस्ताव राखेका थिए। तर,शुक्रबारको गठबन्धनको बैठकमा भने उनको प्रस्तावमा छलफल भएन। स्थानीय तह निर्वाचन कहिले गर्ने तय गर्न कानुन विद्सँग परामर्श लिने निर्णय भएको थियो।

यस्तै माओवादी बैठकले कोरोनाको ओमिक्रोन भेरियन्ट नियन्त्रणमा नआएसम्म तत्कालन जनपरिचालनको जिम्मेवारी पार्टी अध्यक्षलाई नै दिएको छ। साथै बाँकी रहेका संगठनात्मक कामहरू टुंग्याउने जिम्मा पनि पार्टी अध्यक्ष प्रचण्डलाई नै दिने निर्णय भएको प्रवक्ता महराले जानकारी दिए।

उनकाअनुसार बैठकले अमेरिकी सहायता परियोजना एमसीसी सम्झौतामाथि अध्ययन गरी सुझाव दिन पार्टीको आन्तरिक कार्यदल गठन गरिएको छ। यसअघि सत्ता गठबन्धनले झलनाथ खनालको नेतृत्वमा कार्यदल गठन गरिसकेको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

भ्रष्टाचारको मुहान कहाँबाट बग्छ भन्ने प्रश्नमा धेरैले ठेक्का, कर छली, प्रशासनिक मिलेमतो वा नीतिगत चलखेललाई औँल्याउने गर्छन् । तर राज्य

माघ १३ गते । केके मानन्धर ।आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि भक्तपुरमा तयारी तीव्र भएको छ

सुमन सायमीको पोलिटिकल लिगेसीःकालीमाटी निवासी जीवन मानन्धरका छोरा हुन् सुमन सायमी । जीवन मानन्धरलाई जीवन दाइको नामले काठमाडौंका अधिकांशले चिन्थे

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

Latest










Popular
Suggested