English

क्रिकेट : दक्षिण अफ्रीकालाई सिरिज



घरेलु टोली दक्षिण अफ्रीकाले भारतविरुद्धको तीन खेलको एकदिवसीय सिरिज एक खेल अगाबै जितेको छ। पर्लमा शुक्रबार दोस्रो एकदिवसीयमा भारतलाई ७ विकेटले हराउँदै दक्षिण अफ्रीकाले सिरिज २-० ले आफ्नो बनाएको हो।

यस जितसँगै दक्षिण अफ्रीकाले सिरिजमा २-० को अग्रता समेत बनाएको छ। तेस्रो तथा अन्तिम एकदिवसीय आइतबार केप टाउनमा हुनेछ।भारतले दिएको २ सय ८८ रनको लक्ष्य दक्षिण अफ्रीकाले ४८ ओभर १ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्‍यो।

दक्षिण अफ्रीकाको जितमा जानेमान मालनले ९१ रनको अर्धशतकीय इनिङ्स खेले। क्विन्टन डी ककले ७८ रनको इनिङ्स खेल्दा कप्तान तेम्बा बाभुमाले ३५ रन बनाए। एडिन मार्क्रम ३७ रनमा अविजित रहदा रस्सी भान डेर डुसेन पनि ३७ रनमा अविजित रहे।

भारतका जस्प्रित बुम्राह, युजभेन्द्र चाहल र शार्दुल ठाकुरले १/१ विकेट लिए। यस अघि पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ८७ रन जोडेको थियो। भारतका ऋषव पन्तले ८५ रनको अर्धशतकीय इनिङ्स खेल्दा कप्तान केएल राहुलले ५५ रनको अर्धशतकीय इनिङ्स खेले।

यस्तै शार्दुल ठाकुरले अविजित ४० रन जोड्दा शिखर धवनले २९ रन बनाए। रविचन्द्र आश्विन २५ रनमाअविजित रहदा विराट कोहली सुन्य रनमा आउट भए। भेन्काटेस आयर २२ रनमा आउट भए। दक्षिण अफ्रीकाका ताब्रेज शास्मीले २ विकेट लिए ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

काठमाडौँः सातदोबाटोस्थित प्रिमियर इन्टरनेशनल स्कुलमा आयोजित नेपाल टोस्टमास्टर्स फुटसल प्रतियोगिता सिजन ३ ऊर्जा, उत्साह र खेलभावनाले भरिपूर्ण रह्यो । डिस्ट्रिक्ट

Latest










Popular
Suggested