English

नेपालमा थप ५,०८७ जनामा कोरोना पुष्टि, संक्रिय संक्रमित १८ हजार नाघे



नेपालमा थप ५ हजार ८७ जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २० हजार ५ सय ६० नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा संक्रिय संक्रमितको संख्या १८ हजार २ सय ३५ पुगेको छ ।

थपिएका संक्रमित मध्ये सबैभन्दा बढी काठमाडौं उपत्यकामा रहेका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ९ सय १३, भक्तपुरमा ३ सय १७ र ललितपुरमा ३ सय ७७ संक्रमित थपिएका हुन् ।

सक्रिय सक्रमितमध्ये १७ हजार २ सय ९१ जना होम आइसोलेसन र ९ सय ४४ जना संस्थागत आइसोलेसनमा छन् । साथै, १ सय ११ जनाको आइसीयु र २५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घन्टामा थप ३ सय ६ जना कोरोना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना जित्नेको संख्या ८ लाख १५ हजार ६ सय ५३ पुगेको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — ‘सगरमाथालाई अनुभव गरौँ, रसुवालाई सहयोग गरौँ’ भन्ने नारासहित नेपाली वृत्तचित्र ‘रोड टु एभरेष्ट’को विशेष प्रदर्शन आइतबार हङकङमा सम्पन्न

काठमाडौं, १३ कात्तिक । रिपोर्टर्स क्लब नेपालले विभिन्न सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारहरूलाई नियन्त्रणमा लिएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ।

नेपाली प्रयोगकर्ताका लागि तयार गरिएको नेपा एप (Nepa App) को नयाँ अपडेटमा दैनिक जीवनलाई सहज बनाउने विभिन्न नयाँ डिजिटल सेवा

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा नवप्रवेशीको रुपमा फरक स्वादको प्रस्तुतिका साथ उपस्थित भएकी गायिका सिम्रन धितालले ‘तोरी लाउरे’ नामक गीतको

Latest










Popular
Suggested