English

तेजाब आक्रमणमा परेकी मुस्कान खातुनको बायोपिक बन्ने



तेजाब आक्रमणमा परेकी बालिका मुस्कान खातुनको बायोपिक बन्ने भएको छ । सन् २०१९ मा मुस्कान १५ वर्षकी छँदा एक किशोरको प्रेम प्रस्ताव अस्विकार गरेपछि उनीमाथि तेजाब आक्रमण भएको थियो । आक्रमणमा परेपछि उनले दुईपटक गरी करिब सात महिना अस्पतालमा उपचार गराएकी थिइन् ।

एसिड आक्रमणका कारण उनको अनुहार र शरीरका विभिन्न अंगहरु जले । तर, उनको आत्मबल कमजोर भएन ।

उनै एसिड पीडित खातुनले एसिड आक्रमण गर्नेलाई कडा कारबाही हुनुपर्ने माग राखीन् । २०७७ सालमा उनकै पहलमा एसिड आक्रमण गर्नेलाई कडा कारबाही गर्ने अध्यादेश जारी भएको थियो । यसैबीच तेजाब तथा घातक रासायनिक पदार्थ नियमनका लागि सरकारले ल्याएको अध्यादेश संसद्ले स्वीकृत गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्रीका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पेस गरेको अध्यादेश संसद्ले स्वीकृत गरेको हो ।

साहस र बलियो आत्मबलको कारण नै अन्तर्राष्ट्रिय साहसी महिला ‘आईडब्ल्यूओसी अवार्ड’ पाउने खातुन नेपालकै पहिलो महिला बनिन् । साथै उक्त अवार्ड पाउनेमध्ये सबैभन्दा कम उमेरकी समेत हुन् ।


साहस र बलियो आत्मबलको कारण नै अन्तर्राष्ट्रिय साहसी महिला ‘आईडब्ल्यूओसी अवार्ड’ पाउने खातुन नेपालकै पहिलो महिला बनिन् । साथै उक्त अवार्ड पाउनेमध्ये सबैभन्दा कम उमेरकी समेत हुन् ।

उनकै सहसको कुरा समेटेर निर्माता तथा अभिनेता रमित ढुंगानाले मुस्कानको बायोपिक बनाउन लागेका हुन् ।

फिल्म ‘बुद्ध बर्न इन नेपाल’का निर्माता तथा अभिनेतासमेत रहेका रमितले आफूले सामाजिक विषयबस्तुमा फिल्म बनाउने तयारी गरिरहेकाले त्यसको पहिलो सिर्जना मुस्कानको बायोपिक हुने बताए । चलचित्र पत्रकार संघ नेपाल,दाङ शाखाले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले अहिले प्रि–प्रोडक्सनमा रहेको फिल्म यही पौष महिनाको अन्तिम साताबाट फ्लोरमा जाने जानकारी दिए ।

अभिनेता रमितले ‘बुद्ध बर्न इन नेपाल’ले दर्शक र समीक्षकबाट राम्रो प्रतिक्रिया पाएको दाबी गर्दै मुस्कानको बायोपिकको नाम केही दिनमा सार्वजनिक गर्ने खुलाए । उनले ‘बुद्ध बर्न इन नेपाल’लाई स्थानीय तहसँगको समन्वयमा प्रत्येक विद्यालयमा प्रदर्शन गर्न लागेको बताए ।

निर्देशक ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘बुद्ध बर्न इन नेपाल’मा रमितसँगै अशिष्मा नकर्मी, नीर शाहलगायतका कलाकारको अभिनय थियो । फिल्मले विश्वमा बुद्धको जन्मस्थलका विषयमा विवाद भइरहँदा बुद्ध नेपालमै जन्मिएका हुन् भन्ने देखाउन संघर्षरत एक युवकको कथालाई देखाएको थियो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं, युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई एकै मञ्चमा जोड्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना

काठमाडौं । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले आफ्नो जन्मदिन काठमाडौंको तारकेश्वर नगरपालिकास्थित अपाङ्ग सेवा केन्द्रमा

धादिङ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले बाढीले घरबार गुमाएकी ६५ वर्षीया एकल महिला नानी

काठमाडौँ : अधिकांश नेपालीहरूका लागि दशैँ भनेको पुस्तौँदेखि चलिआएको परम्परा धान्न घर फर्कने र परिवारसँग भेटघाट गर्ने समय हो। तर,

Latest










Popular
Suggested