English

तेजाब आक्रमणमा परेकी मुस्कान खातुनको बायोपिक बन्ने



तेजाब आक्रमणमा परेकी बालिका मुस्कान खातुनको बायोपिक बन्ने भएको छ । सन् २०१९ मा मुस्कान १५ वर्षकी छँदा एक किशोरको प्रेम प्रस्ताव अस्विकार गरेपछि उनीमाथि तेजाब आक्रमण भएको थियो । आक्रमणमा परेपछि उनले दुईपटक गरी करिब सात महिना अस्पतालमा उपचार गराएकी थिइन् ।

एसिड आक्रमणका कारण उनको अनुहार र शरीरका विभिन्न अंगहरु जले । तर, उनको आत्मबल कमजोर भएन ।

उनै एसिड पीडित खातुनले एसिड आक्रमण गर्नेलाई कडा कारबाही हुनुपर्ने माग राखीन् । २०७७ सालमा उनकै पहलमा एसिड आक्रमण गर्नेलाई कडा कारबाही गर्ने अध्यादेश जारी भएको थियो । यसैबीच तेजाब तथा घातक रासायनिक पदार्थ नियमनका लागि सरकारले ल्याएको अध्यादेश संसद्ले स्वीकृत गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्रीका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पेस गरेको अध्यादेश संसद्ले स्वीकृत गरेको हो ।

साहस र बलियो आत्मबलको कारण नै अन्तर्राष्ट्रिय साहसी महिला ‘आईडब्ल्यूओसी अवार्ड’ पाउने खातुन नेपालकै पहिलो महिला बनिन् । साथै उक्त अवार्ड पाउनेमध्ये सबैभन्दा कम उमेरकी समेत हुन् ।


साहस र बलियो आत्मबलको कारण नै अन्तर्राष्ट्रिय साहसी महिला ‘आईडब्ल्यूओसी अवार्ड’ पाउने खातुन नेपालकै पहिलो महिला बनिन् । साथै उक्त अवार्ड पाउनेमध्ये सबैभन्दा कम उमेरकी समेत हुन् ।

उनकै सहसको कुरा समेटेर निर्माता तथा अभिनेता रमित ढुंगानाले मुस्कानको बायोपिक बनाउन लागेका हुन् ।

फिल्म ‘बुद्ध बर्न इन नेपाल’का निर्माता तथा अभिनेतासमेत रहेका रमितले आफूले सामाजिक विषयबस्तुमा फिल्म बनाउने तयारी गरिरहेकाले त्यसको पहिलो सिर्जना मुस्कानको बायोपिक हुने बताए । चलचित्र पत्रकार संघ नेपाल,दाङ शाखाले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले अहिले प्रि–प्रोडक्सनमा रहेको फिल्म यही पौष महिनाको अन्तिम साताबाट फ्लोरमा जाने जानकारी दिए ।

अभिनेता रमितले ‘बुद्ध बर्न इन नेपाल’ले दर्शक र समीक्षकबाट राम्रो प्रतिक्रिया पाएको दाबी गर्दै मुस्कानको बायोपिकको नाम केही दिनमा सार्वजनिक गर्ने खुलाए । उनले ‘बुद्ध बर्न इन नेपाल’लाई स्थानीय तहसँगको समन्वयमा प्रत्येक विद्यालयमा प्रदर्शन गर्न लागेको बताए ।

निर्देशक ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘बुद्ध बर्न इन नेपाल’मा रमितसँगै अशिष्मा नकर्मी, नीर शाहलगायतका कलाकारको अभिनय थियो । फिल्मले विश्वमा बुद्धको जन्मस्थलका विषयमा विवाद भइरहँदा बुद्ध नेपालमै जन्मिएका हुन् भन्ने देखाउन संघर्षरत एक युवकको कथालाई देखाएको थियो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले धरानलाईन, इटहरी र लायन्सचोक, नारायणगढमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । यी सर्भिस सेन्टरहरु

काठमाडौं। युवा गायक बिरज महर्जनको नयाँ म्युजिक भिडियो ‘साइली’ र नेपाल भाषाको ‘छ लिसे’ बोलको म्युजिक भिडियो एकसाथ सार्वजनिक भएको

Latest










Popular
Suggested