English

विश्व चिनाउने साताका २१ तस्वीर



विश्वभर विभिन्न घटना घट्छन् । केही समाचार बन्छन् त केही तस्वीरमा मात्र सीमित हुन्छन् । तिनै तस्वीरले विश्व चिनाउँछन् । भनिन्छ, हजार शब्दले व्यक्त गर्न नसकेको कुरा एउटा तस्वीरले बताउँछ । त्यसैले यस हप्ता तिनै सन्देश दिने तस्वीरलाई हामीले समेट्ने प्रयास गरेका छौं ।

२१.फिलिपिन्समा आएको सुपर टाइफुन ‘राई’ ले पुर्याएको क्षतिबाट समान निकाल्दै एक स्थानिय ।
२०.दक्षिण इटालीको क्याटानियास्थित ‘माउन्ट एटना’ मा विस्फोट भएको ज्वालमुखी ।
१९.इङ्गल्याण्डको लिभरपुलमा बिहानको कुहिरोले घेरिएको रोयल लिभर भवन ।
१८. भारतको अमृतसरमा कुहिरो लागेर अलपत्र परेका यात्रु ।
१७. सिरियाको राजधानी दमास्कसमा क्रिसमस र नयाँ वर्षको सजावट ।
१६. चीनको तिब्बतस्थित रहेको नामजगबरवा माउन्टेन्टको दृश्य ।
१५. आफगानिस्तानको राजधानी काबुलमा बेलुनको व्यापार ।
१४. चीनमा बंगलादेशबाट तरकारी आयत गरिदै ।
१३. शुक्लाफाँटा नगरपालिका– ३, स्याली नदीको उल्टापानीमा जैविक तटबन्ध निर्माणका लागि श्रमदान गर्दै स्थानीयवासी ।
१२. बागलुङको जैमिनी नगरपालिकास्थित पर्यटकीय लेक हाँडीकोटबाट देखिएको सूर्योदय ।
११. ललितपुरको गोदावरीमा बारीमा घाम ताप्दै अल्लोको टोपी बुन्दै महिला ।
१०. पोखरा महानगरपालिका–१८ सराङ्कोटबाट प्याराग्लाइडिङ गर्दै पर्यटक ।
९.बागलुङको जैमिनी नगरपालिका–५ को बिनामारे र रिठेडाँडास्थित शङ्खेपहरामा रहेको प्वालमा फुकेर शङ्खको ध्वनि निकाल्दै स्थानीय युवा रमेश पुन
८.तीर्थस्थलका रुपमा परिचय बनाएको जगदुल्ला गाउँपालिका–५ मा रहेको दूधकुण्डली ताल ।
७.जाडोको डसना बनाउँदै ।
६.डाला र नाङ्गलो बिक्री गर्न महोत्तरीको मटिहानी बजारमा ग्राहकको प्रतिक्षामा बसेकी बालिका ।
५. कालीगण्डकी करिडोर सडक आयोजनाअन्तर्गत मुस्ताङको लेतेमा कालोपत्रे गरिएको सडक र यहाँबाट देखिएको धौलागिरि हिमश्रृङ्खला ।
४.पोखराको फेवातालमा बिहीबार साँझपख देखिएको अस्ताउदै गरेको सूर्यको दृश्य ।
३. पोखरा महानगरपालिका–१८, मेथलाङबाट देखिएको माछापुच्छ्रेको काखमा प्याराग्लाइडिङमा रम्दै पर्यटक ।
२. पोखरा महानगरपालिका–२२ पुम्दीकोमा नवनिर्मित विशाल महादेव मूर्ति अवलोकन गर्दै आन्तरिक पर्यटक ।
१.पर्यटकीय र सांस्कृतिक महत्व बोकेको बागलुङको जैमिनी नगरपालिका–३, दमेकस्थित गाजा दह ।

तस्वीरहरु :रासस /एपि /एएफपि/ सिन्हुआ



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested