English

स्वास्थ्यकर्मी देखे कोही रुखमा चढ्छन, कसैले चुकुल लगाउँछन्



भारतमा खोप बोकेर स्वास्थ्य कार्यकर्ता घरघरमा पुग्दा सर्वसाधरण भने भाग्न थालेका छन् । यही डिसेम्बरभित्र सबैलाई कोभिड खोप लगाउने लक्ष्यसहित सरकारले तेलंगना राज्यमा सर्वसाधारणको घरघरमा स्वास्थ्यकर्मी खटाएको छ । तर, कतिपय व्यक्ति भने खोप लगाउन अनिच्छा मात्र देखाएका छैनन्, स्वास्थ्यकर्मी देखेपछि अस्वभाविक व्यवहार देखाउन थालेका छन् । स्वास्थ्यकर्मी देखेपछि कसैले ढोका लगाएर लुक्न थालेका छन् भने कोही रुखको टुप्पोमा पुगेर खोपबाट ‘बच्न’ खोजेका छन् ।

राज्यको सांगारडे जिल्लामा कोभिड खोपबाट जोगिन एक व्यक्ति रुखको टुप्पोमा चढेका छन् । स्वास्थ्यकर्मीको टोली घरमा आएपछि जिल्लाको रेजिन्थाल गाउँका घोउसुद्दिन घरनजिकैको रुखमा चढेका हुन् ।

बाबु सर्दार अली र परिवारका अन्य सदस्यले खोप लगाउन कर गरे पनि ३३ वर्षीय घोउसुद्दिनले खोप लगाउन इन्कार गरेका थिए । स्थानीयले खोप लगाउन दबाब दिएपछि उनी आत्तिदै रुख चढेका थिए । साक्षीका अनुसार उनी एक घन्टासम्म रुखमा बसेका थिए र स्वास्थ्य कार्यकर्ता बाटो लागेपछि झरेका थिए ।

घरमा कोभिड खोप लिएर गएका स्वास्थ्य कर्मचारीलाई सर्वसाधारणले कुट्ने प्रयाससमेत गरेका छन् । केही व्यक्ति स्वास्थ्य कर्मचारी देखेपछि ढोका लगाएर भित्र बसेको र कर्मचारी गएपछि बाहिर निस्किएको प्राप्त विवरणमा जनाइएको छ ।

त्यस्तै, अर्को एक घटनामा सांगारडे जिल्लाको अर्को एउटा क्षेत्रमा मानिसहरुको एउटा समूहले खोप लगाउन अस्वीकार गरेको छ । घरमा कोभिड खोप लिएर गएका स्वास्थ्य कर्मचारीलाई सर्वसाधारणले कुट्ने प्रयाससमेत गरेका छन् । केही व्यक्ति स्वास्थ्य कर्मचारी देखेपछि ढोका लगाएर भित्र बसेको र कर्मचारी गएपछि बाहिर निस्किएको प्राप्त विवरणमा जनाइएको छ ।

त्यसैगरी सोही जिल्लाको नाल्साबागडा क्षेत्रमा स्थानीय र स्वास्थ्यकर्मीबीच झडप भएको छ । स्वास्थ्यकर्मीले खोप लगाउन गरेको आग्रह स्थानीयले अस्वीकार गरेपछि सामान्य विवादपछि हात हालाहाल भएको थियो । सरकारले तेलंगनामा सवै सर्वसाधरणलाई खोप अनिवार्य गरेको छ ।

यसैबीच, खोप लिएर सर्वसाधारणको घरमा पुगेका कर्मचारीलाई हातपात गर्ने व्यक्तिलाई मुद्दा चलाउन स्थानीय सरकारले प्रहरी प्रशासनलाई आदेश दिएको छ ।

भारतमा पछिल्लो समयमा कोभिड संक्रमितको संख्या निरन्तर घटिरहेको छ । खोप अभियानलाई तीव्रता दिएसँगै संक्रमितको संख्या पनि घटेको स्वास्थ्य विज्ञहरुले दाबी गर्दै आएका छन् ।

यो पनि…
अ‍ोमिक्रोनलाई अहिले प्रयोगमा अ‍ाएकै खोपले काम गर्छ: डब्लूएचओ

दक्षिण अफ्रिकामा कोभिडको नयाँ भेरियन्ट तीव्र, खोप समेत प्रभावहीन बन्दै



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र