English

स्वास्थ्यकर्मी देखे कोही रुखमा चढ्छन, कसैले चुकुल लगाउँछन्



भारतमा खोप बोकेर स्वास्थ्य कार्यकर्ता घरघरमा पुग्दा सर्वसाधरण भने भाग्न थालेका छन् । यही डिसेम्बरभित्र सबैलाई कोभिड खोप लगाउने लक्ष्यसहित सरकारले तेलंगना राज्यमा सर्वसाधारणको घरघरमा स्वास्थ्यकर्मी खटाएको छ । तर, कतिपय व्यक्ति भने खोप लगाउन अनिच्छा मात्र देखाएका छैनन्, स्वास्थ्यकर्मी देखेपछि अस्वभाविक व्यवहार देखाउन थालेका छन् । स्वास्थ्यकर्मी देखेपछि कसैले ढोका लगाएर लुक्न थालेका छन् भने कोही रुखको टुप्पोमा पुगेर खोपबाट ‘बच्न’ खोजेका छन् ।

राज्यको सांगारडे जिल्लामा कोभिड खोपबाट जोगिन एक व्यक्ति रुखको टुप्पोमा चढेका छन् । स्वास्थ्यकर्मीको टोली घरमा आएपछि जिल्लाको रेजिन्थाल गाउँका घोउसुद्दिन घरनजिकैको रुखमा चढेका हुन् ।

बाबु सर्दार अली र परिवारका अन्य सदस्यले खोप लगाउन कर गरे पनि ३३ वर्षीय घोउसुद्दिनले खोप लगाउन इन्कार गरेका थिए । स्थानीयले खोप लगाउन दबाब दिएपछि उनी आत्तिदै रुख चढेका थिए । साक्षीका अनुसार उनी एक घन्टासम्म रुखमा बसेका थिए र स्वास्थ्य कार्यकर्ता बाटो लागेपछि झरेका थिए ।

घरमा कोभिड खोप लिएर गएका स्वास्थ्य कर्मचारीलाई सर्वसाधारणले कुट्ने प्रयाससमेत गरेका छन् । केही व्यक्ति स्वास्थ्य कर्मचारी देखेपछि ढोका लगाएर भित्र बसेको र कर्मचारी गएपछि बाहिर निस्किएको प्राप्त विवरणमा जनाइएको छ ।

त्यस्तै, अर्को एक घटनामा सांगारडे जिल्लाको अर्को एउटा क्षेत्रमा मानिसहरुको एउटा समूहले खोप लगाउन अस्वीकार गरेको छ । घरमा कोभिड खोप लिएर गएका स्वास्थ्य कर्मचारीलाई सर्वसाधारणले कुट्ने प्रयाससमेत गरेका छन् । केही व्यक्ति स्वास्थ्य कर्मचारी देखेपछि ढोका लगाएर भित्र बसेको र कर्मचारी गएपछि बाहिर निस्किएको प्राप्त विवरणमा जनाइएको छ ।

त्यसैगरी सोही जिल्लाको नाल्साबागडा क्षेत्रमा स्थानीय र स्वास्थ्यकर्मीबीच झडप भएको छ । स्वास्थ्यकर्मीले खोप लगाउन गरेको आग्रह स्थानीयले अस्वीकार गरेपछि सामान्य विवादपछि हात हालाहाल भएको थियो । सरकारले तेलंगनामा सवै सर्वसाधरणलाई खोप अनिवार्य गरेको छ ।

यसैबीच, खोप लिएर सर्वसाधारणको घरमा पुगेका कर्मचारीलाई हातपात गर्ने व्यक्तिलाई मुद्दा चलाउन स्थानीय सरकारले प्रहरी प्रशासनलाई आदेश दिएको छ ।

भारतमा पछिल्लो समयमा कोभिड संक्रमितको संख्या निरन्तर घटिरहेको छ । खोप अभियानलाई तीव्रता दिएसँगै संक्रमितको संख्या पनि घटेको स्वास्थ्य विज्ञहरुले दाबी गर्दै आएका छन् ।

यो पनि…
अ‍ोमिक्रोनलाई अहिले प्रयोगमा अ‍ाएकै खोपले काम गर्छ: डब्लूएचओ

दक्षिण अफ्रिकामा कोभिडको नयाँ भेरियन्ट तीव्र, खोप समेत प्रभावहीन बन्दै



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

विगत आठ वर्षदेखि सञ्चालन हुँदै आइरहेको यस सृजना सूत्रले विभिन्न क्षेत्रमा रोजगार सृजना गर्दै आइरहेको छ। पाँच हजार भन्दा पनि

काठमाडौं । कानुनी संरचनाको दृष्टिले हेर्दा नेपाल राष्ट्र बैंक आज पनि स्वायत्त निकायकै रूपमा परिभाषित छ। तर व्यवस्थाको व्यवहारिक धरातलमा

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

Latest










Popular
Suggested