English

मुक्तिनाथ फाउन्डेसनको औपचारिक शुभारम्भ



मुक्तिनाथ विकास बैंक, मुक्तिनाथ कृषि कम्पनी र यस समुहसँग सम्बन्धित व्यक्तिहरुको संयोजकत्वमा मुक्तिनाथ फाउन्डेसनको औपचारिक शुभारम्भ भएको छ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बिच फाउन्डेसनको औपचारिक शुभारम्भ भएको हो ।

सामाजिक तथा आर्थिक रुपले पछाडी परेका व्यक्ति र समुदायलाई सहयोग गर्ने उद्धेश्यले फाउन्डेसनको स्थापना गरिएको फाउन्डेसनका अध्यक्ष भरतराज ढकालले बताए । ‘समाजका विपन्न वर्ग तथा बेरोजगार युवाहरुलाई आत्मनिर्भर बनाउने पनि एक प्रमुख उद्धेश्य हो,’  उनले भने, ‘नागरिक हक अधिकार संरक्षण एंव प्रवर्दन गर्ने र सामाजिक उत्थानका लागि बहुपक्षिय कार्यक्रमहरु सञ्चालन गर्ने लक्ष्य लिइएको छ’ ।

अध्यक्ष, भरतराज ढकाल

फाउन्डेसनले राजनीतिक, सामाजिक, आर्थिक, साँस्कृतिक, कृषि, सुचना तथा सञ्चार, शैक्षिक , स्वास्थ्य, नागरिक समाज, कानूनी, अन्तराष्ट्रिय सम्बन्ध, वातावरण, व्यवस्थापकीय, प्राविधिक र दिगो विकास लक्ष्य लगाएतको आयामहरुको परिधिमा रहेर काम गर्ने ढकाल बताउँछन् ।

मुक्तिनाथ फाउन्डेसनले लक्षित वर्ग केन्द्रित जीवनस्तर उठाउने कार्यक्रम सञ्चालन गर्ने मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बताए । ‘संस्थाले व्यवसायिक शिक्षा तथा गुणस्तर स्वास्थ्य सेवाजस्ता आधारभूत सेवाहरुमा सबैको पहुँच पुर्याउन सहजिकरण गर्नेछ,’ उनले भने. ‘समाजको आर्थिक तथा सामाजिक विकासका लागि आवश्यक प्रशिक्षण कार्यक्रम तथा स्वस्थ खानपानका लागि चेतनामुलक कार्य पनि गर्नेछ ।’

प्रमुख कार्यकारी अधिकृत,प्रद्युमन पोखरेल

कार्यक्रममा सहभागि लोकदोहोरी गायिका सुनिता दुलालले फाउन्डेसनको शुभारम्भको लागि शुभकामना दिइन् । सामाजिक तथा आर्थिक रुपले पिछडिएका व्यक्ति र समुदायलाई सहयोग तथा सहजिकरण गरी उनीहरुको जीवनस्तर उकास्ने उद्धेश्यले सार्थकता पाउँछ भन्ने कुरामा आफू विश्वस्त रहेको बताइन् ।

फाउन्डेसनको उद्देश्यमा साथ तथा सहयोगको लागि आफू र राइज मिडिया नेटवर्क सदैव हातेमालो गरेर अगाडी बढ्न तयार रहेको दुलालले बताइन् । त्यसैगरी दैनिक रुपमा विदेश पलायन हुने तथा बेरोजगारीको चपेटामा परेका युवा वर्गलाई रोजगारी सिर्जना र लक्षित वर्गलाई उपयोगी हुने सामाजिक तथा आर्थिक कार्यक्रम फाउन्डेसनले ल्याउनु पर्ने सुझाव समेत दिइन् ।

गायिका, सुनिता दुलाल

संस्थाको मुख्य आर्थिक स्रोत सदस्यता शुल्क र सदस्यहरुबाट उपलब्ध भएको योगदान हुनेछ । सदस्यहरुलाई वार्षिक रुपमा निरन्तर योगदान गर्न संस्थाले प्रेरित गर्नेछ । साथै बैंक तथा वित्तिय संस्थाबाट संस्थागत सामाजिक उत्तरदायित्वका प्रावधानहरुमा समन्वय गरी आर्थिक स्रोत संकलन गर्ने प्रयास गर्नेछ । संस्थाले प्रदान गर्ने सेवाहरुको न्युनतम शुल्क पनि एउटा आर्थिक स्रोतको बाटो हुनेछ ।

संस्थाको प्रथम सञ्चालक समितिमा भरतराज ढकाल, सीताराम काफ्ले, तुलसीराम ढकाल, नारायणकुमार श्रेष्ठ, रामप्रसाद पोखरेल, विमलकुमार निरौला र निशा बस्नेत छन् । 

फाउण्डेसनको यसरी भयो शुभारम्भ ।

यो पनि पढ्नुहोस् :
नाडाद्वारा ट्राफिक प्रहरीलाई जनचेतनामूलक सामग्री हस्तान्तरण
सबै गाडी एकैठाउँ भेला, सुरु हुँदै अटो कुम्भमेला



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अन्नपूर्ण संरक्षण क्षेत्रमा नयाँ प्रजातिको चरा भेटिएको छ । नयाँ प्रजातिको चरा ‘फुस्रो सारौं’ नाममा अभिलेख गरिएको छ ।

वायु प्रदूषण रोक्न विकसित मुलुकहरूले सवारी साधन, कलकारखाना, उद्योगलगायत विभिन्न क्षेत्रमा विशेष मापदण्डहरू तोकी एक्युआई अर्थात् एयर क्वालिटी इन्डेक्समा उत्तम

‘तपाई जति प्रकृति नजिक पुग्नु हुन्छ, प्रकृति त्यति नै तपाई नजिक आइपुग्छ’, यो भनाई हङकङका नेपाली व्यवसायी राज गुरुङलाई ठ्याक्कै

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,