English

आहा ! तोरी बारी (फोटो फिचर)



तोरी फुलेर कपिलवस्तुका ग्रामीण बस्ती पहेँलाम्मे देखिएका छन् । पूर्व पश्चिम महेन्द्र राजमार्ग आसपासका बस्तीहरू निकै मनमोहक देखिएका छन् ।

कपिलवस्तुको बुद्धभूमि-३ मसुरे, रनगाई, बोक्टापुरका खेतहरूमा छपक्कै तोरी फुलेको देख्न सकिन्छ । यहाँका परम्परागत नेपाली शैलीका घर आँगन पहेँलपुर देखिँदा चिटिक्क बनेका छन् । तोरीको सिजन सुरु भए सँगै कपिलवस्तुका धेरै बस्ती प्राकृतिक रूपले सिँगारिएका छन् ।

जिल्लाको शिवराज नगरपालिका, विजयनगर गाउँपालिका, बुद्धभूमि नगरपालिका, बाणगंगा नगरपालिकाका बस्तीहरू पहेँलपुर बनेका छन् । तोरीको फूल लागेको १५ देखि २० दिन भित्र फूल झर्ने कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमुख डा. रवीन्द्र चौवे बताउँछन् । कपिलवस्तु कृषि उत्पादनका लागि उर्वर भूमि समेत मानिन्छ । यो सिजनमा तोरीको अलावा, गहुँ मकै र विभिन्न जातका तरकारी खेती हुने गरेको छ । जिल्लामा दुई हजार ८१५ हेक्टर बढी जमिनमा तोरी खेती गरिन्छ । प्रतिहेक्टर ९८० केजी तोरी उत्पादन हुने गरेको छ ।



...
Arnoldo

References: Angel of the winds casino References: https://cattletrailers.com.au/author/stepbone8/

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested