English

पार्टीको हितका लागि नेतृत्वको दाबी छाडेँ : पशुपतिशमशेर जबरा



राप्रपा अध्यक्ष पशुपति शमशेर जबराले पार्टीको हितका लागि आफूले नेतृत्वको दाबी छोडेको जानकारी दिएका छन् । 

काठमाडौंमा बुधबारबाट सुरु भएको पार्टीको एकता महाधिवेशनलाई सम्बोधन गर्दै उनले केही दिनअघिसम्म नेतृत्वमा गरेको दाबी अहिले पार्टीको हितका लागि फिर्ता लिएको जानकारी दिए । 

तर, आफूले नेतृत्वको दाबी छाडेकोमा केहीले चित्त दुखाएको र जिताउने विश्वास दिलाएका भन्दै उनले सो विचारलाई आफूले धन्यवाद दिने बताए । 
‘लामो समय हामीले पार्टीको नेतृत्व लियौँ । अहिले आएर मेरो विजय ठूलो हो या पार्टीको भन्ने सोचेँ’, उनले भने, ‘८० वर्षको उमेरमा नेतृत्व लिँदा पार्टी फुट्यो भने त्यसले राम्रो गर्दैन । मैले पार्टीको भविष्यलाई सोचेर अध्यक्षको दाबीबाट पछि हटेको हुँ ।’ 

राप्रपाको एकताका लागि यो महाधिवेशन कोशेढुङ्गा सावित हुनुपर्नेमा जोड दिएका उनले सबै नेता  कार्यकर्ताप्रति पनि आह्वान गरे । 

नेतृत्वको दाबीबाट पछि हटे पनि आफू राप्रपामै रहने कार्यकर्तालाई विश्वास दिलाएका उनले आफू नेतृत्वमा नभए पनि राप्रपा, यसका कार्यकर्ता र देश तथा जनताका लागि आफू सधैँ क्रियाशील भएर लाग्ने बताए । 

अध्यक्षका उम्मेदवारद्वय कमल थापा र राजेन्द्र लिङ्देनलाई सहमतिमा नेतृत्व चयन गर्न उनले आग्रह गरे ।  

प्रजातान्त्रिक विधि र पद्धतिअनुसार इमान्दारको जगमा मुलुक चल्नुपर्नेमा राप्रपा पक्षधर रहेको बताएका अध्यक्ष जबराले तर, प्रजातन्त्र आएका यतिका वर्षमा पनि मुलुकमा विकास र प्रगति भयो भन्ने अवस्था नआएको बताए । 



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested