English

प्रकाशमान र गगनकाे साथ पाएका बानियाँ फेरि कांग्रेस काठमाडौं सभापतिमा निर्वाचित



नेपाली कांग्रेस काठमाडौंको सभापतिमा कृष्ण सबुज बानियाँ दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । प्रकाशमान सिंह र गगन थापाको समर्थनमा सभापतिमा उम्मेदवारी दिएका बानियाँले संस्थापन पक्षका सभापतिका उम्मेदवार उपेन्द्र कार्कीलाई भारी मतान्तरले पराजित गरे । बानियाँको प्यानल नै निर्वाचित भएको छ ।

कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आइतबार सम्पन्न जिल्ला अधिवेशनको सोमबार बिहान सम्पन्न मतगणनाअनुसार बानियाँ १९ सय ५७ मत ल्याएर विजयी भए । प्रतिद्वन्द्वी कार्कीले १०८९ मत प्राप्त गरे ।

उपसभापतिमा राजकुमार नकर्मी १८ सय २९ र गोकर्ण केसी १९ सय २२, सचिवमा इन्द्रबहादुर थापा १९ सय १५ र गोविन्द पुडासैनी १८ सय १७ र सहसचिवमा रोमेल श्रेष्ठ १७ सय ७५ र प्रा.डा. अमिता प्रधान दुई हजार ६६ मत ल्याई निर्वाचित भएका छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

इटहरी/ चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाको अध्यक्षमा चलचित्र पत्रकार सुबास संकल्प श्रेष्ठ चयन भएका छन् । धरान-१५ स्थित होटल

काठमाडौं– काठमाडौंको स्थापितमध्येको एक शैक्षिक परामर्श केन्द्र ब्रेनब्रिज एजुकेसनले चार हप्ता लामो निःशुल्क करिअर काउन्सिलिङ सेसन सुरु गरेको छ ।

चैत ६, काठमाडौं। जगदम्बा मोटर्स प्रा.लि. अन्तर्गत सञ्चालन हुँदै आएको नेपालकै अग्रणी विद्युतीय सवारी साधन (इभी) ब्रान्ड प्रोटोन ईमासले तीन

Latest










Popular
Suggested