English

साताको पहिलो दिन : यस्तो छ विदेशी मुद्राको विनिमय दर



नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ५० पैसा र बिक्री दर १२० रुपैयाँ १० पैसा कायम गरेको छ । 

युरोपियन यूरो आज एकको खरिद दर १३४ रुपैयाँ ५९ पैसा र बिक्री दर १३५ रुपैयाँ २७ पैसा रहेको छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५९ रुपैयाँ १० पैसा र बिक्री दर १५९ रुपैयाँ ९० पैसा रहेको छ । यस्तै, स्वीस फ्र्यांक एकको खरिद दर १२८ रुपैयाँ ९४ पैसा र बिक्री दर १२९ रुपैयाँ ५९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ २२ पैसा र बिक्री दर ८५ रुपैयाँ ६४ पैसा रहेको छ । आज क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ ७० पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ १७ पैसा छ । 

जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ४७ पैसा र बिक्री दर १० रुपैयाँ ५२ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ७० पैसा र बिक्री दर १८ रुपैयाँ ८० पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ । 

यस्तै, आज साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपैयाँ ८५ पैसा र बिक्री दर ३२ रुपैयाँ ०१ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ५८ पैसा र बिक्री दर ३२ रुपैयाँ ७५ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । त्यस्तै, मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ १९ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ३३ पैसा छ ।  

    



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अन्नपूर्ण संरक्षण क्षेत्रमा नयाँ प्रजातिको चरा भेटिएको छ । नयाँ प्रजातिको चरा ‘फुस्रो सारौं’ नाममा अभिलेख गरिएको छ ।

वायु प्रदूषण रोक्न विकसित मुलुकहरूले सवारी साधन, कलकारखाना, उद्योगलगायत विभिन्न क्षेत्रमा विशेष मापदण्डहरू तोकी एक्युआई अर्थात् एयर क्वालिटी इन्डेक्समा उत्तम

‘तपाई जति प्रकृति नजिक पुग्नु हुन्छ, प्रकृति त्यति नै तपाई नजिक आइपुग्छ’, यो भनाई हङकङका नेपाली व्यवसायी राज गुरुङलाई ठ्याक्कै

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,