English

राउटे : बढ्यो जनसंख्या, फेरिँदै लाइफस्टाइल



फिरन्ते जीवन बिताउँदै आएका राउटेहरूकाे संख्या बढेको छ । पछिल्लाे समय याे समुदायमा मृत्युदर बढी रहे पनि जनसंख्यामा पनि वृद्धि भएकाे देखिएकाे छ । जारी जनगणनामा उनीहरूकाे गणना भएकाे हाे । 

स्थायी बसोबास, आधुनिक उपचार पद्धति, शिक्षा, कृषि तथा पशुपालनदेखि टाढा रहेको यो समुदाय  कर्णाली प्रदेश र आसपासका जङ्गलमा फिरन्ते जीवन बिताउने नेपालकै अति लोपोन्मुख जाति हो । यो समुदाय दुई महिनाअघि मात्रै सल्यानको पश्चिम बनगाड कुपिन्डे नगरपालिका-१ वालुबासग्रही बाँगीरह हुँदै भेरी किनारदेखि एक सातामै सोही वडाको घाटगाउँमा बसाइँ सरेको थियो । उक्त समय ४६ घरधुरी रहेका राउटेको संख्या १४१ थियो ।

पहिलेको तुलनामा अहिले राउटेको खानपिनको शैलीमा परिर्वतन आएको छ । पहिले वन जंगलमा पुग्दै वनको कन्दमूल खाने, बाँदरको सिकारलाई उसिन्ने, भातमा पानी बढी हालेर नुन छर्केर खाने गर्थे आजभोलि यसरी खान छोडेका छन् । योसँगै उनीहरूको बस्ने शैलीमा पनि परिर्वतन आएकाे छ ।

एक सातायता राउटेहरू नगरको वडा नम्बर ३ काँरागाउँमा सरेका छन् । सोही क्षेत्रमा बसाइ सरेका राउटेको पनि गणना भएको हाे । याे क्रममा राउटेको संख्या १४४ पुगेको छ । ७५ महिला र ६९ पुरुष गरी १४४ पुगेकाे गणक टोलीले बताएको छ । राउटे समुदायमा पुगेर टोलीले दुई दिन लगाएर गणना गरेकाे हाे । राउटे बस्तीमा उनीहरूको विवरण संकलन गर्न दुई दिन लागेकाे स्थानीय जनगणना अधिकारी धर्मराज ढकालले बताए ।  

खानपानको शैली बदलियो 

पहिलेको तुलनामा अहिले राउटेको खानपिनको शैलीमा परिर्वतन आएको छ । पहिले वन जंगलमा पुग्दै वनको कन्दमूल खाने, बाँदरको सिकारलाई उसिन्ने, भातमा पानी बढी हालेर नुन छर्केर खाने गर्थे आजभोलि यसरी खान छोडेका छन् । योसँगै उनीहरूको बस्ने शैलीमा पनि परिर्वतन आएकाे छ । पहिले पहिले बाक्लो समाज मन नपराउने र समाजका मानिसहरूबाट टाढा रहने यो समुदाय आजभोलि समुदाय नजिक बसोबास गर्न थालेका छन् ।

गत मंसिरयता १८ राउटेको मृत्यु 

लोपाेन्मुख राउटे समुदाय सल्यानमा बसाइँ सरेपछि उनीहरूको मृत्युदरमा केही कमी आएको छ । गतवर्ष मंसिरदेखियता मात्र १८ राउटेको मृत्यु भएको थियो । पछिल्लो समयमा मयो शाही, दलबहादुर शाही, मानसिंह शाही, शिवराज शाही, कान्छाराम शाही, कपिल शाहीको मृत्यु भएको छ । अत्यधिक मदिरा सेवनका कारण अकालमा धेरै राउटेको ज्यान गइसकेको छ । एकातिर मदिराको अत्यधिक सेवन र अर्कोतिर बिरामी हुँदा स्वास्थ्य संस्थाको पहुँचमा पुग्न नसक्दा मृत्युदर बढेको देखिन्छ । 

गणनामा केहीको संख्या बढेको भए पनि वर्षेनी राउटेको संख्या घट्दो छ । सरकारले दिने भत्ता उनीहरू रक्सीमा खर्च गर्ने गरेकाे देखिन्छ । आफ्ना समुदायका सदस्यको मृत्यु हुनासाथ बस्ती छाड्ने प्रचलनका कारण यो समुदाय छिटो छिटो बसाइँ सर्ने गर्छ ।  

दुई महिनामै १० ठाउँमा सरे

जंगलमा फिरन्ते जिवन बिताउदै आएको राउटेहरु पछिल्लो दुइ महिनामा मात्र १० वटा ठाउँमा सरिसकेका छन् । पछिल्लो दुई महिनामै उनीहरु १० ठाउँमा बसाइँ सरिसकेका छन्। उनीहरुको रुढिवादी चिन्तनका कारण राउटेको गणना गर्न सहज भने थिएन । यद्यपी लामो प्रयास गरेर गणक टोलीले राउटेको गणना गरेको हो ।
 



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

भ्रष्टाचारको मुहान कहाँबाट बग्छ भन्ने प्रश्नमा धेरैले ठेक्का, कर छली, प्रशासनिक मिलेमतो वा नीतिगत चलखेललाई औँल्याउने गर्छन् । तर राज्य

काठमाडौं। बजाज मोटरसाइकलले नवविवाहित जोडीलाई लक्षित गरेर नयाँ अफर ल्याएको छ। बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता हंसराज हुलाशचन्द एण्ड

काठमाडौं। हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले दोस्रो त्रैमासिकमा खुद नाफाा ९९ प्रतिशिले वृद्धि गरेको छ। आर्थिक वर्ष २०८२/८३ को २०८२

१९ माघ, काठमाडौँ । इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै” सार्वजनिक भएको छ। इसेवाको १७ औँ वार्षिकोत्सवका अवसरमा इसेवाको आधिकारिक

Latest










Popular
Suggested