English

महागुरु फाल्गुनन्दको यात्रा: विश्वयुद्धको लडाइँदेखि समाज सुधारकसम्म



आज किराँत धर्मका महागुरु फाल्गुनन्द लिङ्देनको जन्मजयन्ती । किरात धर्मको प्रवर्तकका रूपमा चिनिएका उनी २५ कात्तिक १९४२ मा इलामको चुक्चिनाम्बा भन्ने ठाउँमा जन्मिएका थिए । उनको न्वारनको नाम भने नरध्वज लिङ्देन हो । 

समाज सुधारमा उनले पुर्‍याएको योगदानको कदर गर्दै नेपाल सरकारले २०६६ सालमा फाल्गुनन्दलाई १६औँ राष्ट्रिय विभूतिका रूपमा घोषणासमेत गरेको थियो । साथै, सरकारले उनको फोटो अंकित हुलाक टिकटसमेत प्रकाशन गर्दै आएको छ । किरात धर्म मान्नेहरूका लागि सरकारले आज बिदासमेत दिएको छ ।

आज प्रदेश १ का अधिकांश स्थानमा महागुरु फाल्गुनन्दको जन्मजयन्ती धुमधामका साथ मनाइन्छ । देशभर तथा भारतका सिक्किम, दार्जिलिङसम्म विभिन्न कार्यक्रमको आयोजना गररी फाल्गुनन्दको जन्मजयन्ती मनाइँदै छ । 

उनले किरात भाषा, संस्कृति तथा समाज सुधारमा महत्त्वपूर्ण योगदान पुर्‍याएका छन् । समाज सुधारका निमित्त फाल्गुनन्दले नीति निर्माणका लागि बनाएको सात बुँदे ‘सत्य धर्म मुचुल्का’ २४ वैशाख १९८८ मा पारित भएको थियो । 

समाज सुधारका लागि उनले जारी गरेको सात बुँदे ‘सत्य धर्म मुचुल्का’ आज पनि उत्तिकै सान्दर्भिक रहेको छ । उनको जन्मस्थान चुक्चिनम्बा भए पनि ज्ञानभूमि फुलुङ्गी, कर्मभूमि सिलौती लोब्रे र तीर्थभूमिको रूपमा फक्ताक्लुङलाई लिइन्छ । 

उनले दोस्रो विश्वयुद्धमा भारतीय सिपाही (इण्डियन लाहुरे) बनेर युद्ध लडेका पनि बताइन्छ । युद्धबाट फर्किएर पछि ध्यान, कर्म तथा धार्मिक, सांस्कृतिक सुधारमा लागेका पाइन्छ । फाल्गुनन्दको निधन २२ चैत २००५ मा ६६ वर्षको उमेरमा पाँचथरको इम्वुङमा भएको थियो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested