English

स्ट्रोकबारे सचेतना फैलाउन चिकित्सकहरुको सम्मेलन सम्पन्न



मस्तिष्कघात (स्ट्रोक) बारे चिकित्सक, नर्स तथा सर्वसाधारणलाई सचेतना फैलाउन आयोजना गरिएको एकदिने सम्मेलन सम्पन्न भएको छ । नेपाल स्ट्रोक एशोसिएसन, नेशनल न्युरो सेन्टर, रिभाइभ फिजियोथेरापी एण्ड रिहाबिलिटेसन सेन्टर र न्युरो एण्ड एलाइड क्लिनिक भैरहवाको संयुक्त आयोजनामा शनिबार उक्त सम्मेलन समापन भएको हो ।

सम्मेलनमा स्नायु रोग विशेषज्ञ, मेडिकल अफिसर, नर्स, फिजियोथेरापिस्ट लगायतको सहभागिता थियो । कार्यक्रमका प्रमुख अतिथि काठमाडौं महानगरपालिकाका स्वास्थ्य प्रमुख हरी कुँवरले मस्तिष्कघात बारे नागरिकस्तरमा सचेतना फैलाउन अपरिहार्य रहेको बताए । ‘पछिल्लो समय मस्तिष्कघातका बारे धेरै मानिस अनविज्ञ छन्, साथै तल्लो तहका स्वास्थ्यकर्मीलाई पनि यसको बारेमा राम्रो ज्ञान छैन,’ उनले भने, ‘काठमाडौं महानगरभित्रका स्वास्थ्य कर्मचारीलाई यसबारे सचेतना फैलाउन र यसको रोकथामका लागि सहकार्य गर्न तयार छौं ।’

साथै, वडाभित्र रहेका महिला स्वास्थ्य स्वयम्सेविकालाई पनि यसबारे तालिम दिनुपर्नेमा उनले जोड दिए । ‘स्वास्थ्यका तल्लो निकायमा रहेर काम गर्ने महिला स्वास्थ्य स्वयम्सेविकाहरु हुन्,’ उनले भने, ‘हाल महानगरभित्र ५ सय ५८ जना स्वास्थ्य स्वयम्सेविका छन् उनीहरुलाई स्ट्रोकको बारेमा ज्ञान दिन नेपाल स्ट्रोक एसोसिएसनसँग मिलेर अघि बढ्छौं ।’

यसैगरी, कार्यक्रममा नेपाल स्ट्रोक एशोसिएसनका संस्थापक अध्यक्ष तथा नेशनल न्युरो सेन्टरका वरिष्ठ न्युरोलोजिष्ट डा. लेखजंग थापाले यो कार्यक्रमले मेडिकल अफिसर, नर्स, फिजियोथेरापिस्ट लगायतका स्वास्थ्यकर्मी र स्ट्रोकबारे आमनागरिकमा रहेको भ्रम चिर्न मद्धत पुर्याउने विश्वास व्यक्त गरे । ‘अहिले पनि स्ट्रोकका बारेमा भ्रम र अन्योलता कायमै छ,’ उनले भने, ‘यसलाई चिर्न यस्ता सम्मेलनले सहयोग गर्छ भन्ने विश्वास लिएको छु ।’ साथै, एशोसिएसनका अध्यक्ष डा. राजु पौडेलले पनि स्ट्रोकबारे आम नागरिकलाई प्रष्ट पार्न यस्तो सम्मेलन हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा डा. अविनाश चन्द्र, न्युरो सर्जन विशेषज्ञ डा. सुबास लोहनी, मुटुरोग विशेषज्ञ डा. कुन्जाङ शेर्पा, डा. अस्मिता आचार्य, डा. सुबास फुयाँल, फिजियोथेरापिस्ट डा. मञ्जु ज्ञवाली, फिजियोथेरापिस्ट बिनिता लामा, अकुपेस्नल थेरापिस्ट दीपा लामिछाने, स्पिच थेरापिस्ट शान्ता ढकाल, अमृता लामा, सुरज साह, मेजिना श्रेष्ठ लगायतले स्ट्रोकबारे प्रस्तुति दिएका थिए ।

प्रस्तुतिमा स्ट्रोक भनेको के हो ? यसका प्रकार र उपचार विधि के–के हुन् ? स्ट्रोक भइसकेपछि दोहोरिनबाट कसरी बचाउन सकिन्छ ? फिजियोथेरापीले यसलाई कसरी रोक्न सक्छ भन्नेबारे सम्मेलनमा छलफल भएको थियो । सम्मेलनमा १ सयभन्दा बढी स्वास्थ्यकर्मीहरुको सहभागिता थियो । हरेक वर्ष अक्टुबर २९ मा विश्व पक्षघात दिवस मनाइन्छ । त्यसैको छेको पारेर । नागपोखरीस्थित अरण्य बुटिक होटलमा उक्त सम्मेलनको आयोजना गरिएको थियो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested