English

बाढी नआए हल्कारापुरबासीको चुल्हो बल्दैन



पश्चिम नेपालको कतिपय ठाउँमा बाढीले उठिबास लगाएको छ । घर, जायजेथा पहिरोले बगाएपछि बस्ती नै सार्नु पर्ने मात्रै होइन परिवार नै क्षत्विक्षत समेत भएको छ । तर बाँके डुडुवा गाउँपालिका र राप्ती सोनारी गाउँपालिकाको सिमानामा रहेको राप्ती नदी किनारमा भने मेला जस्तै चहलपहल छ । 

नदीले बगाएर ल्याएको काठ दाउरा संकलन गर्ने नौ वर्षका बालबालिकादेखि ६८ वर्षका वृद्धवृद्धासम्म जुटेका छन् । बाढीमा बग्दै आएको काठ दाउरा संकलन गर्न उनीहरूले ज्यान नै जोखिममा राख्ने गरेका छन् । 

हुलाकी सडकको पक्की पुल मुन्तिर दाउरा संकलन गरिरहेका डुडुवा गाउँपालिका–३ हल्कारापुरका ६८ वर्षीय चेतराम यादव यो बेला काठ दाउरा संकलन नगरे वर्षभरि घरको चुल्हो नबल्ने बताउँछन् । उनले भने, ‘गाउँ नजिक वन जंगल छैन् । चुलो बाल्न गोबर गुईठाले मात्र सम्भव छैन । त्यसैले राप्तीमा बाढी आएको बेलामा जोखिम मोलेरै भए पनि दाउरा संकलन गर्न बाध्य छौं ।’

हल्कारापुर गाउँका बासिन्दा पनि नदीमा बाढी आएपछि काठ दाउरा संकलन गर्न पुग्छन् । नदी तटमा नौं वर्षीय मुकेश यादव पनि भेटिए । अंकुश बोकेका उनी पनि बाढीले बगाएको काठ तानिरहेका थिए । हल्कारापुर कै १४ वर्षीया संगीता यादवले पनि दाजु रामकिसन यादवसँग दाउरा संकलन गर्न नदी किनारा आएको बताइन । उनीहरू हरेक वर्ष बाढी आएको बेला यसरी नै आउने गरेको बताइन । उर्लदो नदीबाट दाउरा संकलन नगरे वर्षभरी चुल्हो नबल्ने उनले बताइन । 



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested