English

कर्मा भन्छन्- ‘थियटरमा पैसा छैन, तर मेरा लागि स्कुल हो’



कर्मा शाक्य राम्रो अभिनेतामा पर्छन् । हेर्दा चकलेटी देखिने उनमा अभिनय क्षमता पनि उत्तिकै छ । उनी थियटर हुँदै फिल्ममा आएका हुन् । फिल्म ‘सानो संसार’ मार्फत डेब्यु गरेका कर्मा तत्कालीन समयमा लुक्सका कारण निकै चर्चामा आए । त्यसपछि उनलाई फिल्मकाे धेरै प्रस्ताव आयो, जसमध्ये लूटले उनलाई सफलता दिलायो ।

फिल्मले जति सफलता दिए पनि उनले थियटर छाडेनन् । फिल्मको समयलाई घटाएर उनले हरेक वर्ष कम्तीमा तीन महिना थियटरलाई दिए । किनकि उनी यसलाई स्कुल मान्छन् । ‘अभिनयको स्कुल नै हो थियटर, जब कहीँ कुनै बेला केही भुले जस्तो लाग्छ आइहाल्छु,’ कर्मा भन्छन्, ‘फिल्ममा ब्याक टु ब्याक प्रस्ताव आउँदा पनि मैले थियटर छाडिनँ, यसैले गर्दा त्यो समयमा फिल्म कम गरें ।’ उनले नाटकको समय र फिल्मको समय उस्तै उस्तै हुँदा आफूले नाटक नै रोज्ने गरेको बताए ।

‘थियटरमा पैसा छैन तर मेरो लागि स्कुल हो,’ उनी भन्छन्, ‘यहाँ मैले मलाई चिन्ने र सिक्ने अवसर पाउँछु ।’ त्यसो त उनमा आफू कम फ्रेन्ड्ली भएको कारण पनि मिडियामा कम आउने बुझाइ छ ।

‘सायद म धेरैजनासँग फ्रेन्डली हुन सक्दिनँ, यसैले गर्दा पनि मिडियामा कम आउँछु,’ उनले भने । उनी आफूले आफ्नो क्यारेक्टरका लागि चाहिने समय दिन सक्ने बताउँछन । ‘हामीले एकै नाटकलाई तीन महिना दिन सक्छौ भने फिल्मलाई किन सक्दैनौ र ?, तर हतारो मेकरलाई हुन्छ,’ उनले भने ।

कर्माको बुझाइमा पर्याप्त गृहकार्य नभई फिल्म फ्लोरमा जाँदा काम राम्रो हुन नसक्ने र छायाँकनको दिन पनि लम्बिने बताउँछन् । उनको बुझाइमा यी यस्तै कारणले गर्दा थियटर र फिल्ममा अभिनय गर्ने अभिनेता पनि फरक देखिन्छन् । उनी फुर्सदिलो समयमा घुम्न रुचाउँछन् । 



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested