English

अम्रिसोबाट मनग्ये आम्दानी



उदयपुरको पहाडी क्षेत्रमा पर्ने एक दर्जन गाउँका सर्वसाधारण अहिले व्यावसायिक अम्रिसो खेतीमा लागेका छन् । भिरालो तथा पाखो बारीबाहेक अन्य कुनै जमिन नभएका जिल्लाको साबिक रौता, इनामे, आँपटार, सिरिसे, रुपाटार, नामेटार, हर्देनी, लिम्पाटार लगायतका गाउँका स्थानीयवासीले विगत केही वर्षयता व्यवसायिक रुपमा अम्रिसो खेती गर्दै आएका हुन् ।

१० पाथी मकै र कोदो नफल्ने पाखो बारीमा रोपेको अम्रिसोबाट ३५ देखि ५० हजार रुपैयाँसम्म आम्दानी भएपछि अहिले यहाँका किसानहरू व्यावसायिक खेतीमा लागेका हुन । एउटा गाउँका किसानले अम्रिसो खेती गरेको देखेर छिमेकी किसानको समेत आकर्षण बढेर गएको छ ।

केही नहुने पाखाबारीमा लगाएको अम्रिसोबाट २२ हजार कमाइ भयो’, रौतामाई गाउँपालिका चिसापानीका गंगाबहादुर मगरले भने, ‘एक हजार रुपैयाँको अन्न नफल्ने बारीमा रोपेको अम्रिसो बेचेर २२ हजार रुपैयाँ आम्दानी गर्दा सपनाझैं लागेको छ ।’ मेहनत गरे अम्रिसोले राम्रो आम्दानी दिने उनले बताए ।

‘केही नहुने पाखाबारीमा लगाएको अम्रिसोबाट २२ हजार कमाइ भयो’, रौतामाई गाउँपालिका चिसापानीका गंगाबहादुर मगरले भने, ‘एक हजार रुपैयाँको अन्न नफल्ने बारीमा रोपेको अम्रिसो बेचेर २२ हजार रुपैयाँ आम्दानी गर्दा सपनाझैं लागेको छ ।’ मेहनत गरे अम्रिसोले राम्रो आम्दानी दिने उनले बताए ।

अम्रिसोबाट भएको आम्दानी देखेर यहाँका अधिकांश किसानले ५ वर्षदेखि आफ्नो पाखोबारीमा अम्रिसो लगाएका छन् । घर सफा गर्न अत्यावश्यक कुचो बनाउने खरको गाउँघरमा समेत अभाव हुँदै गएकोले अम्रिसोको महत्व बढेर गएको उनीहरूको भनाइ छ । यहाँ उत्पादित अम्रिसो छिमेकी जिल्लाहरू सिराहा, सप्तरी, सुनसरी र मोरङमा समेत निर्यात हुन थालेको छ ।

माझखर्कका अस्मिता मगरले भनिन्, अम्रिसो हुर्काउन किसानहरूले खासै परिश्रम गर्नु नपर्ने बताउँछिन् । ‘गाईवस्तु र खसी बाख्राबाट मात्र जोगाउने हो भने यसबाट सोचेभन्दा बढी आम्दानी लिन सकिँदो रहेछ’, उनले भनिन्, ‘अहिले यहाँका किसानको वार्षिक अम्दानीको मुख्य श्रोत अम्रिसो बनेको छ ।’ यसको अम्दानीले किसानलाई छोराछोरी पढाउन र चाडपर्व मनाउन सजिलो भएको उनले बताए ।

बजारमा एउटा अम्रिसोको कुचोलाई ७० देखि ८० रुपैयाँसम्म पर्ने गाईघाटका व्यापारी थिरप्रसाद ढकाल बताउँछन् । पहिले बाहिरबाट तयारी कुचो ल्याएर बिक्री गर्दै आएकोमा केही वर्षदेखि आफैले अम्रिसो किनेर कुचो बनाई बिक्री गर्न थालेको उनले बताए ।

बजारमा एउटा अम्रिसोको कुचोलाई ७० देखि ८० रुपैयाँसम्म पर्ने गाईघाटका व्यापारी थिरप्रसाद ढकाल बताउँछन् । पहिले बाहिरबाट तयारी कुचो ल्याएर बिक्री गर्दै आएकोमा केही वर्षदेखि आफैले अम्रिसो किनेर कुचो बनाई बिक्री गर्न थालेको उनले बताए ।

गत वर्षझैं यसवर्ष पनि समयमै वर्षा भएकाले अम्रिसो खेतीबाट राम्रो आम्दानी हुने किसानको अनुमान छ । पहिले खेती गर्नेले इलाम, पाँचथर, धनकुटा लगायतका स्थानबाट बिरुवा ल्याउने झन्झट गर्नु परे पनि हिजोआज किसानले यही बिरुवा तयार गरेकोले अन्य किसानलाई समेत फाइदा पुगेको छ । सरकारी निकायबाट व्यावसायिक तालिम मात्र दिइने हो भने अम्रिसो खेतीले ग्रामिण सर्वसाधारणको आर्थिक स्तरमा सुधार हुने उनीहरू बताउँछन् । कम लगानी र बढी प्रतिफल दिने एक पटक लगाएपछि सधै लगाई रहनु नपर्ने भएकाले पनि किसानहरू अम्रिसो खेतीमा लागेका हुन् ।

यो पनि पढनुहोस् ।
भूकम्पपीडित : घर ठडियो, ऋणले पोल्यो
के–केमा पाइन्छ कृषि अनुदान, कसरी लिने ?
विद्यार्थी भन्छन्, ‘ऋण होइन सरकार, रोजगार देऊ’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested