English

भगवान रामको ससुरालीमा रावण वध



विजयादशमीको १०औँ दिनको अवसरमा एकैसाथ लंका दहन, रावण,मेघथान र कुम्भकरणको वध गरिएको छ । राजा जनकले मिथिला राज्यको राजधानी जनकपुरधामामा शुक्रबार त्रेतायुगको भागवान श्रीरामले धर्मपत्नी माता सीताको अपहरण गर्ने रावणलाई वध गरे जस्तै एकै साथ रावण, मेघनाथ र कुम्भकरणको ५२ फिटको प्रतिमा बनाई जलाएर नष्ट गरिएको छ ।

भागवान रामको ससुरालको रुपामा चिनिने जनकपुरधाममा रावण वध पछिल्लो एक दशकदेखि हुँदै आएको छ । स्थानीय महावीर युवा कमिटीले दसैँको अवसरमा रावणको प्रतिमा बनाई त्यसलाई जलाएर नष्ट गर्ने कार्यक्रमको आयोजना गर्दै आएको छ । विगतका वर्षहरुमा रावणको मात्र प्रतिमा बनाइए पनि यस वर्ष मेघनाथ, कुम्भकरण र लंकाको समेत प्रतिमा बनाइएको थियो ।

रावण वध र लंका दहनमा करिब १५ देखि २० लाख रुपैयाँ खर्च भएको आयोजक कमिटीले जनाएको छ । विगतका वर्षहरुमा कुनै राजनीतिक दलका नेताहरूले रावण वध गरे पनि यस वर्ष राम मन्दिरकै महन्थ राम गिरीले गरेका छन् ।

नेपाल, भारतको विहार,उत्तर प्रदेश लगायतका स्थानमा बसोवास गर्ने हिन्दुधर्माम्बलीहरूले सीताको अपहरण गरेको भन्दै रावणलाई नकारात्मक रूपमा लिए पनि दक्षिण भारतमा भने हिन्दु धर्मप्रति आस्था राख्नेहरूले नै रावणको पूजापाठ गर्ने गरेका छन् । 



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested