English

प्रधानसेनापतिको दसैँ : जेठो दाजुबाट टीका, शक्ति पीठको दर्शन, शुभेच्छुकलाई जमरा लगाइदिने



प्रभुराम शर्मा, प्रधानसेनापति

दसैँ पनि ड्युटी नै हो । सप्तमीमा टुँडिखेलमा फूलपाती बढाइँमा इन्गेज भइहालियो । अष्टमीमा साधारण पूजाहरु हुन्छ । नवमीमा कोत पूजामा सबैभन्दा खटिनुपर्छ । साइतमा हुने मुल पूजा सरिक हुन्छु । शक्ति पीठहरुको दर्शन हुन्छ ।

दसैँमा आफ्नो पारिवारिक टीका हुन्छ । बुवाआमा हुनुहुन्न । जेठो दाजुबाट टीका थाप्छु । अन्य मान्यजनसँग पनि लगाउँछु । एकादशीको दिन संगठनका मातहत युनिटका इच्छुक फौजी र शुभेच्छुकलाई आफ्नो निवासमा टीका दिन्छु ।

म काठमाडौंकै स्थायी बासिन्दा भएकाले मेरो दसैँ यतै हुन्छ । अध्ययन र घुमघामको अवस्था छैन ।

हामी फौजीलाई अरुजस्तो फुर्सद भएर दसैँ मनाउने भन्ने हुँदैन । ब्यारेकभित्रै मनाउँछौं । राखिएको जमरा ब्यारेक प्रमुखले टीका दिन्छन् । पल्टनमा सबै सैनिक कर्मचारीलाई बडाखाना हुन्छ ।

विदा जानेहरु सैनिक कर्मचारीहरुलाई वेलफेयर फ्लाइट र वेयलफेयर सवारी साधनबाट पठाएका छौं । जमिन साधनबाट करिब १३ सय र जहाजबाट साढे दुई सयभन्दा बढी कर्मचारीलाई दुर्गम दुर्गम ठाउँमा जानेलाई आन्तरिक व्यवस्थापनमा निशुल्क पठाइसकेका छौं । न्यूनतम जनशक्ति ब्यारेकको सुरक्षामा रहन्छन् । बाँकी विदामा जान्छन् ।

नेपाली सेनाले धर्म, संस्कृति र परम्परालाई जुनसुकै स्थानमा पनि जगेर्ना र प्रवर्द्धन गर्न योगदान गर्दै आएको छ । यसका लागि हाम्रो लोकल युनिटले पनि सहयोग पुर्‍याउँछन् । राष्ट्रियस्तरमा भएका समारोहमा पनि योगदान पुर्‍याउँछौं ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested